अस्पताललाई सरकारले लगाम
Posted by
purwanews
Published on
Saturday, May 10, 2014
प्रयोगशाला परीक्षणमा बिरामीसँग मनपरी रकम असुल्दै अएका सरकारी अस्पताललाई सरकारले लगाम लगाएको छ । सरकारी अस्पतालमा गरिने परीक्षणमा उच्चतम १५० रुपैयाँ शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ प्रकारका प्रयोगशाला परीक्षणमा नयाँ शुल्क तय गरेको छ ।नयाँ शुल्क कार्यान्वयनमा ल्याउन मन्त्रालयले राष्ट्िरय जनस्वास्थ्य प्रयोगशालामार्फत देशभरका सरकारी अस्पताललाई परिपत्र गरिसकेको छ । साधारण दिसा, दिसामा रगत परीक्षण, पिसाब, पिसाबमा मधुमेह परीक्षण, ब्लडप्रेसर, परीक्षणको २५ रुपैयाँ तोकिएको छ ।
युरिक एसिड, वीर्यलगायतको परीक्षणमा ५० रुपैयाँ तथा ब्लडकल्चरको परीक्षण शुल्क १२५ रुपैयाँ तोकिएको छ । गर्भ परीक्षणमा सय रुपैयाँ तोकिएको छ । तर औलो, एचआइभी, कालाजार, लिभर फङसन परीक्षणमा भने शुल्क तिर्नु नपर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>