'बहुजातीय सङ्ग्रहालयले आगामी बजेटमा प्राथमिकता पाउने '
Posted by
purwanews
Published on
Saturday, May 10, 2014
इटहरी, नेपाल आदिवासी जनजाति महासङ्घ, सुनसरीको पहल र धरान नगरपालिकाको विशेष सहयोगमा धरान– १४ मा निर्माणाधीन आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयले आगामी बजेटमा प्राथमिकता पाउने भएको छ ।
उक्त संग्राहलयका विषयमा महासङ्घ सुनसरीका वरिष्ठ सल्लाहकार सुजेन्द्र तामाङले बताउनुभएको हो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमाल, निवर्तमान अध्यक्ष राजकुमार लेखीदेखि लिएर धरान नगरपालिका, जिविस सुनसरी, पुरातात्विक विभाग, राष्ट्रिय योजना आयोग र संस्कृति मन्त्रालयसम्म प्रभावकारी लविङ भएपछि आगामी बजेटमा सङ्ग्रहालयका लागि रु १० करोडसम्म विनियोजन हुन सक्ने बुझिएको उहााले बताउनुभयो ।
सङ्ग्रहालय निर्माणका लागि नेकपा (एमाले) धरान नगर समितिले संस्कृति मन्त्री भीम आचार्य र नेपाली कााग्रेस क्षेत्रीय समितिले सञ्चार मन्त्री डा मीनेन्द्र रिजालसमक्ष ज्ञापनपत्रसमेत बुझाएर निकै ठूलो सहयोग गरेको उहाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् >>