लागूऔषध कारोबार गर्ने मेडिकललाइ कारबाही
Posted by
purwanews
Published on
Monday, March 10, 2014
काठमाडौ,१५ रुपैयाँ मूल्यको नरफिन (टिडिजेसिक) प्रतिसिरिन्ज एक हजार रुपैयाँभन्दा बढीमा बिक्री
मेडिकल सञ्चालकले औषधिका नाममा लागू औषध कारोबार गरेको फेला परेको छ । उनीहरुले सामान्य मूल्यको औषधिलाई महँगो पैसा असुलेर लागुऔषधका रुपमा बेच्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले लागुऔषध कारोबार गर्नेलाइई नियन्त्रणमा लिएर कारबाही थालेपछि यो तथ्य खबर बाहिर आएको खबर छ।
एक साताभित्र पक्राउ परेका चार लागुऔषध प्रयोगकर्ताले मेडिकल पसलबाट खरिद गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनीहरुले डाइजापाम ट्याब्लेट प्रयोग गरेका थिए । परेका चार लागुऔषध प्रयोगकर्ताले मेडिकल पसलबाट खरिद गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
उनीहरुले डाइजापाम ट्याब्लेट प्रयोग गरेका थिए।‘विभिन्न समयमा पक्राउ परेको दुव्र्यसनीबाट गोरखाका मेडिकलले लागुऔषध कारोबार गर्ने बुझेका छौं,’ प्रहरी निरीक्षक रामचन्द्र पौडेलले भने, ‘उनीहरुमाथि पनि अनुसन्धान गरिरहेका छौं ।’ एउटै औषधि लागूऔषधका रुपमा बेच्दा बढी कमाई हुने भएपछि व्यवसायीले लुकेर अवैध धन्दा चलाएको अनुमान प्रहरीले गरेको छ।
मेडिकल सञ्चालकले लागुपदार्थ मानिएका औषधि कुन बिरामीले कुन प्रयोजनका लागि कहिले लगेको हो, विवरण राख्नुपर्ने नियम छ । नियमनकारी नियकाले आवश्यक परेका बेला ती विवरण अनुसन्धानका लागि माग्न सक्छ । तर मेडिकलहरुले यस्ता कुनै विवरण राखेको पाइदैन् । डिइजापाम, लोहोराजेपाम, नाइट्रोसन, टिडिजेसिकजस्ता औषधि र सिरिन्ज लागुऔषधको रुपमा प्रयोग गर्ने धेरै छन् ।
चिकित्सकको आधिकारिक प्रेसक्रिप्सनबिना जो पायो त्यसैलाई यी औषधि बेच्न पाइँदैनन्। लामो समयसम्म निद्रा लगाउने, लट्ठ बनाउने यी औषधिलाई दुर्व्यसनीले लागुऔषधका रूपमा खोजी गर्ने गरेका छन्। मेडिकलहरूले १५ रुपैयाँ मूल्यको नरफिन (टिडिजेसिक) प्रतिसिरिन्ज एक हजार रुपैयाँभन्दा बढीमा दुर्व्यसनीलाई बिक्री गर्ने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस् >>