एमालेलाई संगै डो¥याएर हिडेमा मुलुकले चाडो संविधान पाउने : कोइराला

धरान– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एमालेलाई संगै डो¥याएर हिडेमा मुलुकले चाडो संविधान पाउने बताएका छन् । उनले एमाओवादी लगायत अरु दललाई सहायकरुपमा लिएर कांग्रेसले हिड्नु पर्ने बताए ।

आज धरानमा कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा कोइरालाले भने, ‘एमालेलाई बाहिर राखेर कांग्रेसले सरकार बनाएमा संविधान बनाउन ढिलो हुन सक्छ ।’ उनले एमालेलाई सरकार बाहिर राख्न नहुनेकुरमा जोड दिए । 

उनले राष्ट्रपतिको संस्था संस्थागत भइनसकेको जनाउदै राष्ट्रपतिको विषय संसदमा छलफल गरेर टुङ्गो लगाउनु पर्नेमा एमालेले निर्वाचन अघिको सहमतीलाई विर्सदै राष्ट्रपतिको विषयलाई सडकमा उछाल्ले काम गरेको बताए । उनले भने, ‘एमालेको घोषणपत्रमा पनि राष्ट्रपतिको विषय हुदै नभएको कुरालाई उसले आफ्नो पार्टी भित्रको आन्तरिक विवादलाई मिलाउने हिसावले उक्त विषय उचालेको छ ।’

राष्ट्रपतिको विषयमा दलहरुले विवाद गरिरहे संविधान नबन्ने खतरा बड्ने उल्लेख गर्दै उनले संविधान जारी भइसकेपछि मात्र राष्ट्रपतिको निर्वाचन गर्नु पर्नेमा जोड दिए । 

डा कोइरालाले सभापति शुशिल कोइरालाको नेतृत्वमा सरकार बन्नेमा विश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे । उनले सरकार र शक्ति बांडफाड गर्दा गृह र अर्थ मन्त्रालय अरु दललाई दिदा प्रधानमन्त्री शक्तिहिन हुने बताए । उनले भने, ‘यी दुइ मन्त्रालयबाहेक अन्य मन्त्रालयमा सहमती गर्न सकिन्छ ।’ 
उनले एक अर्को प्रशंगमा अघिल्लो संविधासभाले गरेका सहमतीको स्वामित्व लिएर अगाडि बढेमा छिटो भन्दा छिटो संविधान बन्ने बताए । सहमतीको स्वामित्वको विषयमा राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले विरोध जनाएपनि उनीहरुलाई सहमतीमा लिएर केही विषयको स्वामित्व लिएर अघि बढ्दा संविधान निर्माणमा सहज हुने उनको भनाई छ ।

स्थानीय निकायको निर्वाचनको विषयमा उनले माओवादी र मधेशवादी दल स्थानीय निकायको निर्वाचन पक्षमा नरहेको दावी गरे । उनले भने, ‘स्थानीय निकायको निर्वाचन छिटो भन्दा छिटो गर्नका लागि अध्यादेश ल्याएर ढिलोमा चैत भित्र निर्णय गरेर बैशाखमा निर्वाचन गर्न सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>