विश्वकै राम्री महिला इटालीयन स्टार मोनिका बेलुसी
Posted by
purwanews
Published on
Sunday, February 2, 2014
यिनी हुन्इटालीयन स्टार मोनिका बेलुसी । नायिका बेलुसी विश्वकै सबैभन्दा राम्री महिलाको सूचीमा नम्बर एक मा परेकी छिन् ।
अनलाइन हलिउड पत्रिका हलिउड बजले गरेको सर्वेक्षणमा बेलुसी सबैभन्दा राम्री महिलामा परेकी हुन् । बेलुसीले १३ वर्षको उमेरदेखि रंगिन दुनियामा पाइला राखेकी थिइन ।
यस्तै सर्वेक्षणमा विश्वको सबैभन्दा राम्री महिलामा बेलुसी पछि दोस्रो स्थानमा अमेरिकी कलाकार केट अपटोन र तेस्रोमा एन्जेलीना जोली परेकी छिन् । भारतीय कलाकार ऐश्वर्या राय बच्चन विश्वकी सबैभन्दा राम्री महिलाको सूचीमा चौथो स्थानमा रहेकी छन् ।
यस्तै भारतीय कलाकार दिपीका पादुकोण २९ औं स्थानमा परेकी छिन् । सर्वेक्षणमा ४० लाख भन्दा धेरै सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>