नेपाली पारामै विदेशीको बिहे

सोलुखुम्बु। गाउँ थर्किनेगरी पञ्चेबाजा बज्दैछ। बेहुला–बहुली हेर्न सिंगो गाउँ उत्रिएको छ। बेहुला दौरा–सुरुवाल र बेहुली रातो साडी–चोलोमा सजिएका छन्। दुवैका निधारमा सेता अक्षता देखिन्छ।
संस्कार, पहिरन, भोजभतेर सबै तामाङ समुदायको तर बिहे हुँदैछ विदेशी जोडीको। सल्लेरी– ९, लुरामा विदेशी नागरिकले नेपाली परम्पराअनुसार बिहे गरेको हेर्न गाउँलेले सबै काम छाडेका थिए। अस्ट्रेलियाली बेहुला र अमेरिकी बेहुलीलाई उपहार दिन उनीहरूले तामाको गाग्री, गलैंचा, डालीलगायत ल्याएका थिए।
समाजसेवामा लागेको विदेशी जोडीलाई तामाङ संस्कारअनुसार बिहेको प्रस्ताव गरेका थिए लाक्पा तामाङले। फरक मुलुक र फरक संस्कृतिमा हुर्किएका ब्रिगेट म्युर र इरिक रेन्जबीच तामाङ संस्कारअनुसार विवाह सम्पन्न भयो

नेपाली पारामै विदेशीको बिहे हेर्न पाउँदा स्थानीय निकै खुसी देखिन्थे।
नेपालीजस्तै देखिएकी बेहुलीले बिहे सकिएपछि खुसी हुँदै तामाङ संस्कार र संस्कृतिको प्रशंसा गरिन्, उता बिहे गरेको भए सयौं आफन्त हुन्थे तर हामीलाई नेपाली संस्कार धेरै मन परेकाले यहाँ बिहे गरेका हौं।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>