बिहेको दुई घन्टामै सिउँदो पुछिँदा कति रेटिएला बेहुलीको चित्त?
Posted by
purwanews
Published on
Friday, February 21, 2014
चोहर्वा (सिरहा) बिहीबार बिहान छोरी अन्माउने तयारीमा थियो, देवलाल यादवको परिवार। पल्टु यादवको परिवार बुहारी भित्र्याउने उत्साहमा प्रीतिभोजको तयारी गर्दै थियो। चन्द्रअयोध्यापुर आइपुगेको बरियाँत बेहुली लिएर लहान नगरपालिकास्थित बेहुलाको घर फर्कने सुरसारमा थियो। तर, जन्तीका रूपमा आएका आफूहरू एकाएक मलामी बन्नुपर्ला भन्ने उनीहरूले सायदै सोचेका हुँदा हुन्।
बिहेको दुई घन्टामै सिउँदो पुछिँदा कति रेटिएला बेहुलीको चित्तरु विवाहको रमझममा डुबेको देवलालको घर एक्कासि शोकमा मुछियो। छोरी मूर्च्छा परिन्। जन्ती बेहुलाको लास बोकेर अस्पतालतिर लागे। चन्द्रअयोध्यापुर–१, चोहर्वाकी १५ वर्षीया अनिता यादवको वैवाहिक जीवन सुरु नहुँदै पूर्णविराम लाग्यो।
बिहीबार बिहान कोहबर घरु मा साथीहरूसित ठट्टा गर्दागर्र्दै त्यहीँ निदाएका थिए कमलेश। मिथिला परम्पराअनुसार विवाह सकिएलगत्तै बेहुला–बेहुलीलाई चिनजान बढाउन एउटा कोठामा राखिन्छ। जसलाई कोहबर घर भनिन्छ। कमलेशलाई ६ बजेतिर सालीहरूले जगाइदिए। उनी आँखा मिच्दै जन्ती बसेको ‘बैठकी’ तिर लागे। पिता पल्टु यादवको कम्बल तानेर छेवैमा ढल्किएका उनी फेरि निदाए। चिया लिएर केटी पक्षका मानिसले उनलाई उठाउन खोजे। तर, उठेनन्।
दुवै पक्ष आत्तिए। जिउ झङझङ्याए, उल्टाए, पल्टाए। तर, पनि बेहुला नचलमलाएपछि उनलाई गोलबजारस्थित भूमिजा अस्पताल पुर्याइयो। तर, चिकित्सकले कमलेशलाई मृत घोषित गरिदिए। दुवैतिरको उमंगको माहोल रुवाबासीमा डुब्यो। आफैंले सिँगारेकी छोरीको सिउँदो बिहेको दुई घन्टामै उजाडिएपछि बेहुली परिवार भक्कानो छुटाइरहेको छ। मूर्च्छा परेकी बेहुली अनितालाई उपचारका लागि भूमिजा अस्पताल पुर्याउइएको छ। छिमेकीमाथिको वज्रपातले पूरै चोहर्वा गाउँ शोकमा डुबेको छ।
अस्पतालले १८ वर्षे कमलेशको शरीरलाई निष्प्राण घोषित गरे पनि आफन्तको मन मानेन। उनीहरू दैव पुकार्दै छोराको शव लिएर घर आए। पोस्ट मार्टम नगरी लास दिन मिल्दैन तर मानवीय संवेदनशीलताको कुरा भएकाले रोक्न उचित लागेन, सिरहाका प्रहरी निरीक्षक ज्ञानकुमार महतोले भने, घरको कुलपितृ बिग्रेको हुन सक्ने भन्दै साढे नौ बजेतिर लास लिएर गए।
आफन्तले शव धामी–झाँक्रीलाई जिम्मा लगाए। वरिपरि रमिता हेर्नेको घुइँचो थियो। धामी–झाँक्रीले कमलेशलाई ब्युँताउन ६ घन्टासम्म ढ्यांग्रो ठोके, कामे। तर, कुनै चमत्कारु हुन सकेन। अन्तिममा हार मानेर बाबुआमाले छोराको शव पोस्टमार्टमका लागि अस्पतालै फिर्ता पठाए।
बेहुलीका पिता देवीलालले रुँदै भने, ‘विवाहको विधि सकेर बेहुला सुत्न गएका थिए, बिहान ६ बजे चिया पुर्याहउन जाँदा उठ्दै उठेनन्। जस्ताको तस्तो मान्छेलाई केही होला भन्ने शंकै थिएन। सबै गएर हेर्दा हातखुट्टा खुम्च्याइसकेका रहेछन्।
बुहारी स्वागत गर्ने तयारीमा रहेको पल्टुको परिवार छोरै गुमाउनुपरेपछि बक बसेजस्तो भएको छ। राम्ररी बोल्नै सकेको छैन। पल्टु भक्कानिए, ‘खुसी ल्याउन गएका थियौं, छोरै गुमाएर फर्कनुपर्यो्, कसरी सहनु यस्तो पीडा ?
पोस्टमार्टम भइसके पनि चिकित्सकले मृत्युको कारण प्रस्ट्याउन सकेका छैनन्। जानकारीमा आएअनुसार कमलेशको मृत्यु मुटुसम्बन्धी समस्याले भएको सिरहाका प्रहरी प्रमुख (एसपी) पूर्णचन्द्र जोशीले बताए।

प्रतिक्रिया दिनुहोस् >>