फेसबुक चलाउने प्रहरी निगरानीमा
Posted by
purwanews
Published on
Friday, January 31, 2014
काठमाडौं- पेसागत आचरण विपरीत राजनीतिक बहसमा प्रहरी संलग्न हुने क्रम बढेको भन्दै प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने प्रहरीको दैनिक गतिविधि निगरानी गर्न थालेको छ। प्रधान कार्यालयको प्रहरी महानिरीक्षक सचिवालयले फेसबुकमा सदस्य रहेका प्रहरीको गतिविधि निगरानी गर्न फेसबुक डेस्क नै खडा गरेको छ।
प्रधान कार्यालयले फेसबुक प्रयोग गर्ने संगठनका सदस्य पहिल्याउन सबै प्रहरी कार्यालयमा सर्कुलर गरेर प्रयोगकर्ताको आइडी संकलन गरेको थियो। प्रवक्ता केसीका अनुसार हालसम्म फेसबुकमा जोडिएका १ हजार प्रहरीको पहिचान भइसकेको छ।
अनुगमनमा संलग्न अधिकारीका अनुसार दोस्रो संविधानसभा निर्वाचनका बेला सामाजिक सञ्जालमा प्रहरी संगठनका सदस्यको व्यवहार आलोचित भएको थियो। त्यतिबेला प्रहरीले फेसबुकमा पार्टीगत प्रचारका सामग्री सेयर, विवादित स्टाटस लाइक तथा सेयर र राजनीतिक प्रेरित सन्देश सम्प्रेषण गरेको गुनासो आएको थियो।
टि्वटर र युट्युबको प्रयोग समेत उत्तिकै बढे पनि प्रहरीले त्यतातिर भने ध्यान दिएको छैन। एसएसपी केसीले अन्य सामाजिक सञ्जालभन्दा फेसबुकमा बढी प्रहरी देखिएकाले त्यही मात्रै अनुगमन गरिएको बताए।
संहिताविनाको अनुगमन
सामाजिक सञ्जालको प्रयोगमा संगठनका सदस्यलाई निषेध गर्न सम्भव छैन। तर यसको प्रयोगबाट बढ्ने खतरालाई संहिता बनाएर नियन्त्रण गर्न सम्भव छ। प्रायः प्रहरी संगठनहरूले के गर्न पाइने र के गर्न नपाइने प्रष्ट उल्लेख गरी संहिता कार्यान्वयन गर्दै आएका छन्।
संगठनको सदस्य पुष्टि हुने गरी आफ्नो पेसा, पद, संगठनको सदस्य खुलाउने तस्बिर र कार्यरत स्थान खुलाउन निषेध छ। अन्य मुलुकका प्रहरी संगठनले समेत सामाजिक सञ्जालको प्रयोगबाट आउने विवाद रोक्न संहिता जारी गर्ने गरेका छन्।
प्रहरीको पोसाकसहित संगठनको सदस्य भएको विवरण राखेर फेसबुकको सदस्य हुनेमा माथिल्लो तहका अधिकृतदेखि तल्लो तहसम्मका प्रहरी छन्। संगठनका सदस्यले पहिचान खुलाएर सामाजिक सञ्जालमा गरेका गतिविधिबाट उत्पन्न समस्या भोगिसके पनि नेपाल प्रहरीले संहिता बनाउन चासो दिएको छैन।
एसएसपी केसी संगठनमा सामाजिक सञ्जाल प्रयोगबारे छुट्टै संहिता नभए पनि मिडिया गाइडलाइन रहेकाले त्यहीअनुसार अनुगमन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस् >>