जलविद्युतमा ओइरियो अर्बौंको लगानी

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण चमत्कारिक रुपमा बढेको छ । सरकारले लिएको नीति र राजनीतिक दलहरुको प्रतिवद्धतासँगै जलविद्युत् क्षेत्रमा लगानीको प्रस्ताव ओइरो लागेको हो ।
उद्योग विभागका अनुसार गत कात्तिकसम्म दर्ता भएका १४ कम्पनीले ५ सय ६८ मेगावाट विद्युत् उत्पादनका लागि १ खर्ब ६० अर्ब ८ लाख रुपैयाँ लगानीको प्रतिवद्धता गरेका छन् । गत वर्षको सबै क्षेत्रको लगानीको प्रतिवद्धताभन्दा चालू आर्थिक वर्षको पहिलो चार महिनामा जलविद्युत् क्षेत्रमा मात्रै ४० अर्ब बढी लगानीको प्रतिवद्धता आएको हो । गत वर्ष नेपालका सबै क्षेत्रमा १ खर्ब १९ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता आएको थियो ।
भारतको एसजेबीएन लिमिटेड एक्लैले संखुवासभामा रहेको अरुण ३ मा १ सय मेगावाट विद्युत् उत्पादन गर्न ८२ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताब गरेको छ, जसको नेतृत्वमा सरकार बने पनि जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको प्रस्ताव अनुसार सरकार अघि बढ्ने कुरामा विश्वस्त भएर लगानीकर्ताहरु जलविद्युत्मा लगानी गर्न आकषिर्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले जानकारी दिए ।
पछिल्लो समयमा सरकारले लिएको नीति र राजनीतिक दलहरुको प्रतिवद्धतासँगै जलविद्युत् उत्पादनमा ठूलो संभावना देखेर लगानी गर्नेहरुको ओइरो लागे ।
उद्योग विभागका अनुसार भारतको एसजेबीएन लिमिटेड एक्लैले संखुवासभामा रहेको अरुण ३ मा १ सय मेगावाट विद्युत् उत्पादन गर्न ८२ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताब गरेको छ । त्यसैगरी हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले कास्कीमा जलविद्युत् उत्पादनका लागि २४ प्रतिशत अर्थात् एक अर्ब ६० करोड विदेशी लगानीको प्रतिवद्धतासहित कूल सात अर्ब रुपैयाँ लअगानी गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले पनि जलविद्युत् क्षेत्रमा लगानी गर्दा करमा सहूलियत, सम्पत्तिको स्रोत खोल्नु नपर्ने र जलविद्युत् परियोजनामा सुरक्षाको प्रत्याभूति गराउने प्रतिवद्धता गरेको छ ।
विभागका अनुसार आर्थिक वर्ष ०६९/०७० मा नेपालको निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा सबैभन्दा बढी लगानीको प्रस्ताब गरेको थियो । सो बर्ष निजी क्षेत्रले जलविद्युत्मा २ खर्ब ६९ अर्ब रुपैयाँ लगानीको प्रस्ताब गरेको थियो । गत आर्थिक वर्षको अन्त्यमा उर्जामा लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता भएका कम्पनीहरुको संख्या १ सय ८४ थियो । चालू आवको पहिलो चार महिनामा १४ उद्योग कम्पनी थपिएपछि जलविद्युत्मा लगानी गर्ने उद्देश्यले दर्ता हुने कम्पनीको संख्या १ सय ९८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>