सबै अविभावक अपांग
Posted by
purwanews
Published on
Thursday, January 2, 2014
इलाम- एक जना अपांगता भएका व्यक्ति घरमा हुनेलाई पनि निकै समस्या हुन्छ । पाँच जनाको परिवारमा तीन जना अभिभावक अपांगता भएपछि नाबालकको अवस्था के होला । उत्तरी जमुना २ का ईश्वरी भट्टराईको परिवारले यस्तै समस्या झेल्दै आएको छ ।
ईश्वरीसँगै श्रीमती रूपा र दिदी चन्द्रकला अपांगताका विभिन्न समस्याले ग्रसित छन् । सपांग नौ वर्षीय मौसम र पाँच वर्षीया अर्चनाको पढाइसमेत प्रभावित भएको छ । ईश्वरीका दुवै हात र चन्द्रकलाका दुवै खुट्टा अपांगता छन् ।
रूपा सुस्तमनस्थितिकी छन् । गएको वर्ष स्थानीय बोर्डिङ स्कुलमा अध्ययनरत ती बालबालिकालाई मासिक शुल्क र शैक्षिक सामग्रीको अभावमा सरकारी विद्यालय सारिएको थियो । स्कुलले नियमअनुसार शुल्कमा सहुलियत दिए पनि तोकिएको रकमसमेत तिर्न नसकेको भट्टराईको भनाइ छ । 'एक वर्ष बोर्डिङ भर्ना गरिए पनि थेग्नै नसकेकाले निकाल्नुपरेको छ,' उनले भने, 'पुरानै बाँकी तिर्न रहेकाले यो वर्ष पठाउन सकिन ।'
खेतीपातीका भरमा टिकेको भट्टराई परिवारले मजदुरी गराउनसमेत रकम अभाव भएपछि कष्ट झेलेर कडा परिश्रम गर्ने गरेका छन्, 'आजभोलि नियमित मजदुरी गर्ने मान्छे पाउनै कठिन छ, ती माथि उनीहरूलाई दिने रकम आउनेसमेत स्रोत नभएकाले घाँस, दाउरा काट्ने, गाईबस्तु स्याहार्ने र बारी खन्नेसमेतका काम आफैं गर्नुपरेको छ,' उनले भने । जन्मैदेखि अपांगता भोगेका उनीहरूले सानै उमेरदेखि कठिन जीवन जिउँदै आएका छन् । ईश्वरीलाई खाना खान र नुहाउन भने पूरै समस्या छ ।
चन्द्रकलालाई हिँडडुल गर्न समस्या र दुवै खुट्टा दुख्ने बिमारले च्यापेको छ । रूपा राम्ररी काम नसुन्ने आफ्नै पाराले मात्र चल्छिन् । छिमेकी तीर्थ भट्टराईका अनुसार घरमा गाईसमेत कसैले दुहुन नसक्ने भएकाले आलोपालो गरेर दुहुन सघाउने गरिएको छ ।
बालबालिकाको पठनपाठनका लागि सहयोगका लागि विभिन्न निकायमा हात फैलाए पनि कतैबाट सहयोग नपाएको भट्टराई परिवारको गुनासो छ । चार वर्षअघि आगलागी भएर घरसहित सबै सम्पत्ति जलेर नष्ट भएको थियो ।
घर जलेपछि बिचल्लीमा परेको परिवारले विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा घर त ठड्यायो तर जिउने आधार केही मिलेन । पुग नपुग २५ रोपनीजति जमिन भए पनि उब्जाउशील चार रोपनी जतिमात्रै छ । लेकाली पाखोरेखो जमिन भएकाले कम उब्जनी हुँदा मुस्किलले चार महिना पनि खान नपुग्ने समस्या यो परिवारले खेप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् >>