कांग्रेसका समानुपातिक सभासद्मामा नातेदार नै नातेदार
Posted by
purwanews
Published on
Thursday, January 2, 2014
कांग्रेसले समानुपातिक निर्वाचनतर्फ प्राप्त ९१ सिटमा सिफारिस गरिएका सभासद्मा दर्जनभन्दा बढी शीर्षनेताका नातेदार छन्। समानुपातिकमा सिफारिस गरिएका सभासद्मा सभापति सुशील कोइरालादेखि पार्टीका पुराना र दिवंगत नेताका नातेदारसमेत छन्। कांग्रेसमा ६ दशक लामो योगदान दिएर पनि सभासद् हुन नसकेका दर्जनौं नेतालाई पछि पार्दै सभापति कोइरालाका सहोदर भाइ अशोक कोइराला, भाउजू लीला कोइराला, भतिजी (छोरी) सुजाता कोइराला र बहिनी–ज्वाइँ दिलबहादुर घर्ती सभासद् बन्न सफल भएका छन्।
भतिजी सुजाता संसदीय बोर्ड सदस्य र भाउजू लीला तथा ज्वाइँ घर्ती मनोनीत केन्द्रीय सदस्य हुन्। वरिष्ठ नेता शेरबहादुर देउवापत्नी आरजु राणा र प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्कापत्नी शीला खड्का समानुपातिक सभासद् बनेका छन्। त्यस्तै, उपसभापति रामचन्द्र पौडेलका सम्धी तारणिदत्त चटौत, महामन्त्री कृष्णप्रसाद सिटौलाका भान्जा पर्ने गणेशप्रसाद बिमली सभासद्को सूचीमा परेका छन्।
महामन्त्री प्रकाशमान सिंह भिनाजु (फुपाजु) नाता भएकी चितवनकी अञ्जली श्रेष्ठ, बोर्ड सदस्य डा. रामशरण महतका सहोदर भाइ तथा केन्द्रीय सदस्य प्रकाशशरण महत, बोर्ड सदस्य अर्जुननरसिंह केसीका सहोदर भाइ जगदीश्वर नरसिंह केसी पनि समानुपातिक सभासद् बनेका छन्। कांग्रेसका पुराना नेता चक्रप्रसाद बास्तोलाकी भान्जी सरिता प्रसाईं, ‘जिउँदा सहिद’ का रूपमा चिनिएका दिवंगत अरबिन्द ठाकुरकी छोरी रश्मी ठाकुर र कांग्रेसका पुराना नेता दामन पाख्रिनपुत्र दिलमान पनि सभासद् बनेका छन् ।
समानुपातिक सभासद् गणेशप्रसाद बिमली भने कम्युनिस्ट पार्टीले २०२८ सालमा चलाएको सशस्त्र आन्दोलनका नाममा भएको हिंसात्मक घटनामा बाबु गुमाएका कांग्रेस तेह्रथुमका नेता हुन्।

प्रतिक्रिया दिनुहोस् >>