१७ वर्षपछि पाएको खुसी आठ दिन पनि टिक्न पाएन
Posted by
purwanews
Published on
Thursday, January 16, 2014
कपिलवस्तु । बिहे भएको १७ वर्षसम्म वीरपुर–६, कपिलवस्तुका परमात्मा र राममती हरिजन दम्पतीलाई सन्तान¬सुख भएन। ३५ वर्षीय परमात्मा र ३२ वर्षीया राममतीले थुप्रै डाक्टर, वैद्यलाई देखाउँदा पनि सन्तानको चाहना पूरा भएको थिएन।
आठ दिनअघि पुस २३ गते बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा राममतीले परमात्मालाई पहिलो सन्तानका रुपमा छोरो उपहार दिइन्। परिवारमा खुसीको सीमै रहेन। घरपरिवार र आफन्तलाई उनले लड्डुसँगै हर्ष बाँडे।
१७ वर्षपछि पाएको त्यो अपार खुसी भने आठ दिन पनि टिक्न पाएन।
सुत्केरी गराउँदा लगाएको टाँका खोल्न मंगलबार अस्पताल आएका हरिजन दम्पतीले त्यही दिन अस्पतालमा क्षणभरमै छोरो गुमाए।
परमात्मा शौचालय छिरेका थिए। जाँच्ने क्रममा डाक्टर आएकाले राममतीलाई वार्डतिर जानुपर्योि। अस्पतालको प्रतीक्षालयमा केही बेरअघि मात्र भेट भएकी अपरिचित महिलाले बच्चा हेरिदिन्छु, चिन्ता लिनुपर्दैन, जानुस् भनेपछि उनी वार्डतिर लागिन्।
करिब २० मिनेटपछि फर्केर आउँदा बच्चा र ती महिला दुवै त्यहाँ थिएनन्। चारैतिर खोज्दा नभेटेपछि विपन्न दलित परिवारको खुसीमाथि बज्रपात पर्यो । शौचालय गएको थिएँ, श्रीमतीले नजिकै बसेकी एक अपरिचित महिलालाई छोरो खेलाउन दिएर वार्डतिर गइछन्, हामी फर्केर आउँदा छोरो लिएर ती महिला भागिछन्,’ मर्माहत हुँदै परमात्माले बुधबार सञ्चारकर्मीलाई घटनाबारे सुनाए।
शल्यक्रियाबाट सुत्केरी गराएकी राममती डाक्टरको सल्लाहअनुसार सुत्केरी भएको चौथो दिन टाँका काट्न श्रीमानलाई साथी लिएर अस्पताल आएकी थिइन्। घाउ पाकेको देखेर डाक्टरले उनलाई भर्ना गरिदिएका थिए।
परमात्माका अनुसार प्रसूतिगृहको प्रतीक्षालयमा डाक्टर कुरेर बसेकी राममतीसँग नेपाली बोल्न नजान्ने ती अपरिचित महिला छिट्टै नजिकिइन्।
आफूलाई ती महिलाले चन्द्रौटा घर बताएको र स्याउ खान दिएको राममतीले सुनाएको परमात्माले बताए। बच्चा चोरिनुअघि उनीहरूबीच करिब २० मिनेटजति कुराकानी भएको थियो।
बच्चा हराएको खबर सुन्नासाथ खोजपडताल गर्यौं, तर ती महिला र बच्चा दुवै भेटेनौं, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। तारानाथ पौडेलले भने, अस्पतालबाटै बच्चा हराउनु दुखद घटना हो। प्रहरीले खोजी जारी राखेको उनले बताए।
बच्चा लिएर गायब महिलाले मुख छोपेकाले अनुहार नदेखिएको प्रत्यक्षदर्शी साहिदा खातुनले बताइन्। १५–२० मिनेट बच्चा खेलाएको आफूले देखेको, पछि कतिबेर गायब भइन् पत्तो नपाएको उनले सुनाइन्।
बच्चाकी आमालाई भित्र लैजान सहयोग गरेकी खातुनका अनुसार बाहिर फर्किंदा प्रतीक्षालयमा अस्पतालका कर्मचारी मात्र थिए।
बच्चा गुमाएदेखि नै राममती अर्धमूर्च्छित अवस्थामा छिन्। परिवारमा रुवाबासी रोकिएको छैन। लामो प्रतीक्षापछि पाएको सन्तान कुन पापीले लग्यो भन्दै उनीहरू बिलौना गरिरहेका छन्।
पुस २३ गते डा। बिबी राउतले हरिजनको अप्रेसन गरेका थिए। अप्रेसनपछि तीन दिन घर बसेर चौथो दिन अस्पताल आएका थिए।
हरिजन दम्पतीले बेपत्ता शिशु खोजिदिन आग्रह गरेका छन्। अस्पतालको १४ नम्बर बेडमा रहेकी राममतीले आँशु चुहाउँदै भनिन्, मेरो बच्चा खोजिदिनुस्।

प्रतिक्रिया दिनुहोस् >>