खानेपानीको महसुल दोब्बर बढ्ने
Posted by
purwanews
Published on
Thursday, January 16, 2014
काठमाडौ, खानेपानी महसुल निर्धारण आयोगले पानीको महसुल दोब्बरभन्दा बढी बनाउने प्रस्ताव गरेको छ । खानेपानी संस्थानको मूल्यवृद्धि प्रस्ताव अध्ययनरविश्लेषण गरी आयोगले मूल्य बढाउने तयारी गरेको हो । त्यसका लागि संस्थानले आयोगलाई दोस्रो पटक प्रस्ताव पेस गरेको हो ।
बढाइए २२ नगरपालिका र कपिलवस्तुको कृष्णनगर गाविसका उपभोक्ताले नयाँ महसुल तिर्नुपर्नेछ । खानेपानी संस्थानका प्रबन्ध निर्देशक अर्जुन ढकालका अनुसार १० वर्षपछि पानीको महसुल बढाउने तयारी गरिएको हो ।
संस्थानले पहिलोपटक १९ पुस ०६९ र दोस्रो पटक गत कात्तिकमा मूल्य बढाउन प्रस्ताव गरेको थियो । संस्थानको सिफारिसअनुसार आयोगको ऐन र नियमावलीअनुसार सर्वसाधारणलाई १५ दिनभित्र सुझाव दिन अनुरोध गरेको छ । आयोग कार्यालय, नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर र खानेपानी संस्थानका मुलुकभरका कार्यालयमा सुझाव पेस गर्न सर्वसाधारणसँग अनुरोध गरिएको हो ।
यस्तो छ प्रस्ताव
संस्थानले मिटर भएको र नभएको धाराको छुट्टाछुट्टै महसुल प्रस्ताव गरेको छ । जसअनुसार मिटर भएको धारामा १र२ इन्च साइज धाराको १ हजार लिटरको ५० बाट १ सय २५ रुपैयाँ पुग्नेछ ।
३र४ इन्च साइज धाराको २७ सय लिटरको ८ सय १० बाट १ हजार ७ सय रुपैयाँ प्रस्ताव गरिएको छ ।
१ इन्च साइज धाराको ५ हजार ६ सय लिटरको १ हजार ६ सय ८० बाट ३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, साढे एक इन्च धाराको १ लाख ५५ हजार लिटर पानीको ४ हजार ६ सय ५० बाट १२ हजार रुपैयाँ प्रस्तावित छ । २ इन्च धाराको ३ लाख २० हजार लिटरको २४ हजार प्रस्ताव गरिएको छ, यसअघि ९ हजार ६ सय थियो । तीन इन्च साइज धाराको ८ लाख ८१ हजार लिटरको २ हजार ६ सय ४० बाट ५५ हजार प्रस्ताव गरिएको छ । ४ इन्च साइज धारामा १८ लाख लिटर पानीको यसअघिको ५ हजार ४३ बाट १ लाख ८० हजार प्रस्ताव गरिएको छ ।
मिटर नभएको मुख्य धाराको प्रस्तावित महसुलअनुसार मासिक ३ सय ६० रुपैयाँबाट ७ सय पुर्याइएको छ । १ हजार ९ सय ५० बाट ४ हजार २ सय
४ हजार ५० बाट ११ हजार ५ सय ६०
११ हजार १ सय ६० बाट २३ हजार
२३ हजार ४० बाट ४७ हजार
६३ हजार ४ सय ५० बाट बढाएर १ लाख ६० हजार
रुपैयाँ प्रस्ताव गरिएको छ । १ लाख ३० हजारबाट महसुल बढाएर २ लाख ७८ हजार पुर्याउने तयारी छ ।
संस्थानका अनुसार मिटर नभएको धाराको मासिक १ सयबाट २ सय, ६ सय ५० बाट १ हजार ६ सय महसुल प्रस्ताव गरिएको छ । यस्तै, ६ हजार लिटर क्षमताको ट्यांकरको सेवा शुल्क १० प्रतिशत बढाएर २ हजार ६ सय ४० रुपैयाँ कायम गरिएको छ । यसअघि १ हजार ५ सय २४ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस् >>