बराहक्षेत्रमा दानपेटिका स्थापना
सुनसरी/सुनसरीको बराहक्षेत्र गाविसमा पर्ने बराहक्षेत्रको मन्दिरमा नयाँ दानपेटिका स्थापना गरिएको छ । बराहक्षेत्र गाविसको सौजन्यमा दुई वटा दानपेटिकाहरु वृहत्तर बराहक्षेत्र विकास समितिको अग्रसरतामा दानपेटिका राखिको हो ।
पुरानो दानपेटिका मन्दिरभित्र राखिएको अवस्थामा फेला परेपछि दानपेटिकालाई सबैले देख्ने गरी राख्नुपर्ने र सुरक्षित हुनुपर्ने भन्दै समितिको अग्रसरतामा राखिएको समितिका अध्यक्ष वेदराज कार्कीले बताए ।
गाविस सचिव शिवराज दाहालले कार्की र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि गणेश श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेको दानपेटिकाहरु मन्दिरमा राखिएको हो ।
यसअघि २०५९ कात्तिकमा राखिएको दानपेटिका मन्दिरभित्र असुरक्षित भएको भन्दै मन्दिरका पुजारीले मन्दिरभित्र राख्ने गरेका छन् । इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरले सौजन्य गरेको दानपेटिका बाहिर राख्न भनेपनि नमानेपछि नेपाल सरकारले गठन गरेको आयोगको गठन आदेश र समितिको निर्णयानुसार नयाँ दानपेटिका ल्याएर राखेको कार्कीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>