निर्देशक झाङ यिमुलाई १३ लाख ४० हजार जरिवाना
Posted by
purwanews
Published on
Sunday, January 12, 2014
बेइजिङ– विश्वप्रसिद्ध चिनियाँ निर्देशक झाङ यिमुलाई चिनियाँ प्रशासनले १३ लाख ४० हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउने भएको छ। चीनको एक सन्तान नीतिलाई उल्लंघन गर्दै तीन सन्तान जन्माएकोमा यिमुलाई जरिवानाको सजाय दिइएको प्रशासन अधिकारीले गत बिहीबार जनाएका छन्।उसी शहरको जिल्ला प्रशासनले अनलाइन विज्ञप्तिमा जनाएअनुसार यिमु र उनकी पत्नी चेन तिङले तीन सन्तान जन्म दिएको पुष्टि भएको छ। यद्यपि दुईले बिहे भने सन् २०११ मा मात्र गरेका थिए।
चीनले शहरी क्षेत्रका धेरैजसो दम्पतीलाई एक र ग्रामीण दम्पतीलाई दुई ९पहिलो सन्तान छोरी भएमा सन्तानको हदबन्दी लगाएको छ। यिमुलाई आम्दानी मूल्यांकन गरेर जरिवाना तोकिएको छ। प्रशासनले बटुलेको स्रोत अनुसार यिमु दम्पतीले बच्चाहरु जन्मिनुअघि वार्षिक ५ लाख ८० हजार अमेरिकी डलर कमाएका थिए।
यिमुले गत डिसेम्बरमै आफूहरुले कानुन उल्लंघन गरेको भन्दै माफी मागेका थिए। आफ्नो परिवारबारे छानविन कार्यमा सघाउन र नियमअनुसारको सजाय भोग्न आफू तयार रहेको हिरो, द रोड होमु, द फ्लावर्स् अफ वारु जस्ता फिल्म निर्देशक उनले बताएका थिए।
६३ वर्षे यिमु र ३२ वर्षीया चेनले सन् २०००, २००३ र २००५ मा दुई छोरा र एक छोरी जन्माएका थिए। दम्पतीले ३० दिनभित्र प्रशासनलाई तोकिएको जरिवाना बुझाइसक्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस् >>