छिटो कमाउने लोभमा त्रिशूलीमा ट्रक : गोदाममा ब्याट्री

चितवन- छिटो कमाउने लोभमा चालकले ट्रक त्रिशूलीमा हेलेर करिब ५५ लाख रुपैयाँ पर्ने ब्याट्री दम्पच पार्न खोजेको एक दुर्घटनाको छानबिनमा फेला परेको छ। इन्भर्टरमा प्रयोग हुने ३ सय ६७ वटा ब्याट्री लिएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना३ख ६५०२ नम्बरको ट्रक मंसिर १६ गते बिहान नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत त्रिशूलीमा खसेको थियो।
काठमाडौंस्थित हुलास पावर प्रालिको ब्याट्री ओसार्ने जिम्मा पाएको उक्त ट्रक दुर्घटना नभई षड्यन्त्रको फन्दामा परेको त्यतिबेला पत्ता लाग्यो, जतिबेला ट्रकसँगै त्रिशूलीमा बिलाउनुपर्ने ब्याट्री नारायणघाटकै गोदाममा भेटियो।
ट्रक नदीबाट निकाल्दा केही फेला नपरेपछि दुर्घटना योजनाबद्ध रहेको सन्देहमा प्रहरीले छानबिन गहिर्याैएको थियो। 'ब्याट्री बोकेको ट्रक त्रिशूलीमा खस्यो भनियो, बाहिर एउटा मात्र ब्याट्री फेला पर्योम। नदीबाट ट्रक निकाल्दा केही भेटिएन,' चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले भने।
उक्त ट्रकमा रहेको ब्याट्री केही सातापछि नारायणगढमा फेला परेपछि भने ट्रक पल्टँदा ब्याट्री नदीमा बग्यो भन्ने पारेर अरूलाई नै बेच्न दुर्घटना गराइएको प्रहरी अनुसन्धानले ठहर गरेको थियो।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पुस २४ गते नारायणगढ बेलचोकस्थित एक गोदाममा ३ सय ३८ वटा ब्याट्री फेला परेको थियो। अन्य ठाउँमा दुइटा भेटिए पनि बाँकी २७ थान ब्याट्री अझै भेटिएको छैन।
वीरगन्जको हुलास क्यारियरले ब्याट्री काठमाडौं लैजाने जिम्मा पाएको थियो। क्यारियर र हुलास पावरभन्दा बाहिरका व्यक्तिको मिलिमतोमा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनामा संलग्न आशंकामा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ। पर्सा वीरगन्ज–१३ का ३४ वर्षीय रञ्जित अग्रवाल, वीरगन्ज–१९ का ४० वर्षीय विनोदप्रसाद साह, बारा परवानीपुरका ४० वर्षीय मुकेश राह सोनार र भारत रक्सौलका २५ वर्षीय पिंकु गुप्ता पक्राउ परेका हुन्। ट्रकचालक फरार रहेको प्रहरीले जनाएको छ। 'चालकसमेतको मिलेमतोमा ब्याट्रीका असली धनीलाई सामान बग्यो भन्ने पार्न र लुकाएको ब्याट्री बेचेर फाइदा लिन ट्रक नदीमा खसाइएको रहेछ,' प्रहरी उपरीक्षक कार्कीले भने। बरामद ब्याट्रीको बजार मूल्य ५५ लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>