दीपाश्रीलाई किन बोर लाग्यो ?

सुनसरी/तितोसत्यबाट आफ्नो कमेडियन छवि बनाएकी पुर्वेली अभिनेत्री दीपाश्री निरौला पछिल्लो साता निकै वेचैन रहीन् । आफूसमेत निर्माता रहेर तयार पारेको फिल्म छ एकान छको प्रमोशनका लागि आफ्नै गृहक्षेत्र आउन दुई पटकसम्म त्रिभुवन विमानस्थल धाइन्, तर बाक्लो हुस्सुका कारण प्लेन नउडेपछि उनी निराश भइन् ।
उनी पहिलो पटक पुस १२ गते पूर्व आउन लागेकी थिइन् । तर विहान नौ बजे उड्ने भनेको प्लेन साढे चार घण्टा कुर्दा पनि नउडेपछि त्यसै फर्किइन् । दोस्रो पटक पुस २२ गते १० बजेको फ्लाइटबाट विराटनगर झर्ने योजना दिउँसो १२:
३० बजेसम्म कुर्दा पनि विफल भएपछि उनीलगायत फिल्म टिमका कोही पनि पुर्व आउन पाएनन् ।
‘आफ्नै गृहक्षेत्र आउन नपाउँदा साह्रै बोर लाग्यो,’ मोरंगको विराटनगर घर भएकी दीपाश्रीले फिल्म प्रमोशनको लागि पूर्व आउन नपाएकोमा दुःख व्यक्त गर्दै भनिन्, ‘मौसमको कारणले पूर्व आउन नपाएपनि पूर्वेली दर्शकहरुलाई हलसम्म गएर शुक्रबारदेखि देशभरका हलमा लाग्न लागेको फिल्म छ एकान छ हेरिदिन अनुरोध गर्छु ।’
‘तीतो सत्य’ हास्यशृंखला समूहका दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा (गैंडा)ले निर्माण गरेको चलचित्र ‘छ एकान छ’मा तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सैलगायतका चर्चित हाँस्य टेलीशृंखलाका कलाकारले अभिनय गरेका छन् । ‘यो चलचित्र गाइजात्रा जस्तो पनि छैन र ट्वाक्क टुक्क जस्तो पनि छैन, हेरुन्ज्यालसम्म सबैले मनोरञ्जन लिनेछन् ।’ निरौलाले भनिन् ।
दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल (मुन्द्रे), सीताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्नेबूढा), सन्दीप क्षेत्री, अर्जुन श्रेष्ठ, शैलेस आचार्य र नीता ढुंगानाले अभिनय गरेको चलचित्र ‘छ एकान छ’मा अतिथिका रूपमा राजेश हमाल, राजवल्लभ कोइरालालगायत थुप्रै कलाकारको समेत अभिनय छ । हाँस्य प्रधान चलचित्रमा एक्सन, रोमान्सलगायत पक्षहरु समेत समेटिएको जनाइएको छ ।
फिल्मको टाइटल गीतमा हाँस्य कलाकार हरिवंश आचार्यले स्वर दिएका छन् । अन्य गीतमा राज सिग्देल, किरण केसी, राजन इसान, दुर्गा परियार, युवराज चौलागाईं र स्वयं निर्देशक दिनेश डीसीको समेत स्वर छ । निर्देशक डिसीका अनुसार फिल्म अमेरिका, इंग्ल्याण्ड र अष्ट्रेलियासहित अन्य देशमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>