कृषकको काल मोन्सान्टो आयातमा निषेध
Posted by
purwanews
Published on
Thursday, January 9, 2014
काठमाडौं । सर्वोच्च अदालतले अमेरिकन विउ उत्पादक कम्पनी मोन्सान्टाको विउविजन आयात तथा विक्रिवितरणमा रोक लगाएको छ ।
अधिवक्ता अर्जुनकुमार अर्यालले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायधिश बैद्यनाथ उपाध्यायको एकल इजलासले माघ २ गतेसम्मका लागि मोन्सान्टोसहितका कम्पनीद्वारा उत्पादीत जीएमओ (जेनेटिकल्ली मोडिफाइड अर्गनिक) विउ विजन आयात तथा विक्रिवितरण नगर्न आदेश दिएको हो । जीएमओ विउले स्थानीय विउलाई नै असर पार्ने देखिएको तथा अर्को इजलासमा विज्ञहरुको राय समेत आउने भएकाले सर्वोच्चले अर्को सुनुवाइ नभएसम्म मोनसान्टो विक्रीमा रोक लगाएको छ ।
माघ २ गते दुबै पक्षलाई बोलाएको सर्वोच्चले रिट निवेदकलाई बैज्ञानिक असरबारे समेत राय पेश गर्न भनेको छ । मोन्सान्टो लगायतका कम्पनीहरुद्धारा उत्पादीत जीएमओ विउविजन एक पटक प्रयोग गरेपछि त्यसवाट विउ उत्पादन गर्न नसकिन भन्दै विउविजन खरिदका नाममा सधै विदेशी कम्पनीहरुको भर पनुपर्नै बाध्यात्क परिस्थितिको श्रृजना हुनुका साथै करोडौं रुपैया वीउवीजनमा खर्च हुने तथा बिउ माथिको किसानको अधिकार समेत समाप्त हुने दावी गर्दै अधिवक्ता अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् >>