साउदीमा कामदार ८ वर्षभन्दा बढी बस्न नपाउने
Posted by
purwanews
Published on
Thursday, January 9, 2014
रियाद । साउदीमा काम गर्ने बिदेशी कामदारलाई आठ बर्षको हदम्याद तोकिएको छ ।
साउदीको श्रम मन्त्रालयले स्थानीयलाई रोजगारीमा सहभागी गराउन र विदेशी कामदारको निर्भरताबाट मुक्त हुनका लागि उक्त नीति ल्याउन लागेको हो । साउदी सरकारको यो प्रस्तावले त्यहाँ काम गर्न गएका नेपाली तथा भारतीय कामदार बढी प्रभावित हुने भएका छन् ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार उक्त प्रस्ताव स्वदेशीलाई रोजगार सिर्जना गर्न र विदेशी कामदारको संख्यामा कमी ल्याउन र निताकत कानुनलाई विस्तार गर्न ल्याइएको हो । निताकत कानुन त्यहाँका स्थानीयलाई रोजगारी प्रदान गर्न जारी गरिएको कानुन हो ।
नयाँ श्रम नीति स्थानीयका लागि रोजगारी विस्तार गर्ने योजनाकै अंश रहेको बताइएको छ । यस नीतिअन्तर्गत साना तथा मझौला व्यवसायको करिब १० प्रतिशत रोजगारी आरक्षण साउदी अरेवियाका नागरिकलाई छुट्याउनुपर्ने छ ।
नयाँ प्रस्तावित कानुन अनुसार साउदीमा पत्नी र दुईओटा बच्चासँग बस्ने कुनै पनि विदेशी कामदारलाई दुईजना विदेशी कामदारका रुपमा लिइनेछ । त्यस्तै, एकजना जोडीको साढे १ अंक हुन्छ भने प्रतिबच्चा एक चौथाई अंक थपिँदै जाने कानूनमा बताइएको छ । विदेशी कामदारले बढीमा तीन अंक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, विदेशी कामदारको ६ हजार रियाल ९१ हजार ६ सय डलर० वा सोभन्दा बढी तलब छ भने त्यो साढे एक अंक बराबर हुन्छ ।
यो कानुन पारित भएमा विदेशी कामदारलाई हतोत्साहित गर्ने र व्यवसायमा नकारात्मक असर पुग्ने भन्दै कैयौं साउदी तथा विदेशी व्यवसायीले यसको विरोध गरेका छन् । साउदीमा ६ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान गरिन्छ
प्रतिक्रिया दिनुहोस् >>