’शोले’ पहिलो पटक नेपालमा लाग्ने
Posted by
purwanews
Published on
Friday, January 3, 2014
चलचित्रका नायक धमेन्द्रले नेपाली बफदार हुने भन्दै कुकुरसँग तुलाना गरेपछि बलिउडकै चर्चित सिनेमा ‘शोले’ नेपालमा प्रदर्शन हुन सकेको थिएन । तर लामो समयपछि ‘शोले’लाई थ्रीडी प्रविधी मार्फत प्रदर्शन गर्न लागिएको हो ।भारतसँगै यो चलचित्र नेपालमा पनि प्रदर्शनमा आउनेछ । करिब २५ करोडको लगानीमा ‘शोले’लाई थ्रीडी प्रविधी मार्फत दर्शकमाँझ ल्याउन लागिएको हो ।
देशभरका करिब ६० पर्दामा प्रदर्शनमा आउन लागेको यो सिनेमालाई दर्शना आट्सले नेपाल वितरणको जिम्मा लिएको छ । रमेश सिप्पीको निर्देशनमा तयार भएको यो सिनेमा नेपालमा थ्रीडी र टूडीमा प्रदर्शनमा आउनेछ ।
अमिताभ बच्चन, धमेन्द्र, हेमा मालिनी लगायतका कलाकारले अभिनय गरेको यो सिनेमाले बलिउडमा थुप्रै रेकर्डहरु बनाएको थियो । देशभरका पर्दामा ‘धुम ३’ ले कब्जा जमाएको २ साता पछि ‘शोले’ले अर्को तहल्का मच्चाउन लागेको हो ।
हिन्दी सिनेमाले देशभरकै हल कब्जा गरिरहेको समयमा नेपाली सिनेमा भने निरही जस्तै देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>