प्रचण्ड: बादशाह बन्न खोजे

काठमाडौं-एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल बादशाह बन्न खोजेको आरोप लगाएका छन्।
दोस्रो संविधानसभामा समानुपातिकतर्फ सभासद छान्ने प्रक्रियामा असन्तुष्ट नेताद्वयले दाहाल पार्टीको विधिविधान मिचेर 'अलोकतान्त्रिक' बाटोमा अघि बढेको जनाउँदै त्यसविरुद्ध केन्द्रीय समितिमा छलफल गर्ने बताएका छन्।
निर्वाचन आयोगमा 'एकतर्फी' निर्णय गरी समानुपातिक सभासदको सूची पेस गरेको दाहाललाई आरोप लगाउँदै आएका नेताद्वयले बुधबारै सूची सच्याउन २४ घन्टे अल्टिमेटम दिएका थिए।
त्यसका लागि दाहालले आफूहरुलाई बिहीबार बोलाउने आशमा रहेका नेताद्वयले नबोलाउनु 'दुर्भाग्यपूर्ण' टिप्पणी गरेका छन्।
आयोगमा सूची सच्याउन जाने अन्तिम समयसम्म पनि दाहालले वास्ता नगरेपछि भट्टराईले सानेपा निवासमा पत्रकार बोलाएर असन्तुष्टि मात्र पोखेनन्, पार्टी पद्धतिका लागि अब आफूले केन्द्रीय समितिमा छलफल गर्ने जानकारी दिए।
अर्का नेता श्रेष्ठसँग मिलेर नेतृत्व परिवर्तन गर्न खोज्नुभएको हो भन्ने जिज्ञासामा भट्टराईले जवाफ दिन चाहेनन्।
भट्टराईले दोस्रो संविधानसभा चुनावमा पार्टी तेस्रो स्थानमा झर्नुको मुख्य जिम्मेवारी अध्यक्ष दाहालले लिनुपर्ने दोहोर्‍याए।
श्रेष्ठले दाहाललाई आफू नभए पार्टी चल्दैनजस्तो रवैया देखाएको आरोप लगाए। दाहाल नसच्चिए पार्टी विघटनको दिशातिर जाने छ। अध्यक्ष दाहालले पार्टीलाई नोकरशाही बनाउन खोजेको आरोप भट्टराई–श्रेष्ठको छ।
चुनावको परिणामपछि पार्टी किन खस्कियो भन्ने चिन्ता सबैमा हो। अब, रूपान्तरण भएर जानुपर्छ भन्ने थियो। समानुपातिकको सूची पठाउने बेला जुन प्रक्रिया अपनाइयो, यसले पार्टीको साख झन् गिरेको छ। हामी अरू पार्टीभन्दा के भिन्न रह्यौं र?', भट्टराईले पत्रकारहरूसँग भने।
समानुपातिकको पछिल्लो सूची पठाउँदा २० जिल्लालाई प्रतिनिधित्वविहीन बनाएको, सहिद, बेपत्ता परिवारलाई बेवास्ता गरेको, पार्टीले तय गरेको मापदण्डमा परेकालाई पाखा लगाएको भट्टराईले आरोप लगाए। बहुमत लिने र धेरै समानुपातिकमा पर्ने आँकलनमा पहिला ३ सय ३५ समानुपातिक उम्मेदवारमा सहमति भएको उनले जनाए।
'समानुपातिक उम्मेदवार बनाउँदा सहमति भएको हो। त्यतिबेला बहुमत आउँछ, सरकार बन्छ भन्नेमा बनाइएको मापदण्ड हो। 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>