८० परिवार नक्कली हलिया

काठमाडौं । बझाङमा ८० परिवार नक्कली हलिया रहेको भेटिएको छ । गाउँमा नभएका परिवारलाई हलियाको सूचीमा राखेपछि जिल्ला प्रशासन कार्यालयले हलियाको वास्तविकता पत्ता लगाउन छानविन सुरु गरेको छ । हलिया मुक्ति समाजले तयार पारेको तथ्यांकमा नभएका हलियाको नामावली समावेश भएपछि प्रशासनले छानविन गरी बास्तवित हलियाको अवस्था पत्ता लगाउन लागेको हो ।
बझाङको मालुमेला गाविसमा ४ परिवारमात्र हलिया भएको भएपनि ७९ परिवार हलिया भएको विवरण जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । जिल्ला मालपोत कार्यालयका कर्मचारी राजेन्द्र खत्रीसहितको टोलीले गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो । परिवारमा समावेश नामहरु सबै काल्पनिक रहेको र उनीहरु नभेटिएको खत्रीले बताए ।
अहिले जिल्लामा भएका हलियाहरुको वास्तविकता बुझेर प्रमाणीकरण हुने कार्य जारी रहेको छ । जिल्लामा २ हजार ८ सय ४८ जना हलिया परिवार रहेको र त्यसमध्ये एक हजार ९ सय एक जनाको प्रमाणीकरण भएको प्रमुख जिल्ल्ा अधिकारी उद्धव तिमिल्सनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>