गोलसँगै अन्तिम मिनेटको आर्सनल विजयी

काठमाडौं । अन्तिम तीन मिनेटमा दुई गोल गर्दै आर्सनलले कार्डिफलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा कार्डिफलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षता कायर्म राखेको छ । एकपछि अर्को आक्रमणको प्रयास असफल भइरहेको बेला ८८ औं मिनेटमा निकोलस बेन्टनरले गोल गरे ।
र्निधारित समयको अन्तिम ९० औं मिनेटमा थियो बोलकटले गोल गरेपछि आर्सनलले जित पक्का गरेको हो । जितसँगै २० खेलबाट ४५ अंक जोडेको आर्सनल शीर्ष स्थानमा कायमै छ । अर्को खेलमा म्याचेष्टर सिटीले स्वान्सीलार्ए ३–२ गोल अन्तरले पराजित गरेको छ । फर्नान्डिन्होको गोलबाट १४ औं मिनेटमा सिटीले अग्रता लिएको थियो तर, पहिलो हापको अन्तिममा बोनीले बराबरी गोल फर्काए । ५८ औं मिनेटमा याया टोरेले फेरि सिटीलाई अग्रता दिलाए भने ६६ औं मिनेटमा कालरोभले गोल गर्दै ३–१ को अग्रता दिलाए । तर, अन्तिम मिनेटमा बोनीले व्यक्तिगत दोस्रो गर्दै स्वान्सीलाई खेलमा फर्काउने प्रयास गरेपनि समय घर्किसकेको थियो र सिटी ३–२ ले विजयी भयो ।
सिटी ४४ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै साउथ ह्याम्पिटनलाई ३–० ले पाखा लगाएको चेल्सी ४३ अंकका साथ दोस्रो स्थानमा छ । चेल्सीले तीनै गोल दोस्रो हापमा गरेको थियो । ६० औं मिनेटमा फर्नान्डो टोरेसको गोलबाट अग्रता लिएको चेल्सीका लागि ७१ औं मिनेटमा विलियनले गोल गरे भने ८८ औं मिनेटमा ओस्कारले गोल गर्दै चेल्सी ३–० को जित सुनिश्चित गरे ।
बुधबार राति नै भएको अर्को खेलमा लिभरपुलले हल सिटीलाई २–० ले पराजित गरेको छ । ३६ औं मिनेटमा ड्यानियल एगरको गोलमा अग्रता लिएको लिभरपुलका लागि लुईस स्वरेजले ५० औं मिनेटमा गोल गरे । क्रिसमसपछि लगातार दुई हार व्यहोरेको लिभरपुल जितसँगै ३९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>