व्यापारमा अमेरिकाभन्दा चीन अघि

हङकङ - चीनले अघिल्लो वर्षको तुलनामा तीव्र वृद्धि हासिल गर्दै सन् २०१३ मा ४ दशमलव २ टि्रलियन अमेरिकी डलरको व्यापार भएको घोषणा गरेको छ । चीनले ४ टि्रलियन डलरको व्यापार सीमा नाघेको यो पहिलोपटक हो । गत वर्षको व्यापार अघिल्लो वर्षभन्दा ७ दशमलव ६ प्रतिशत बढी हो ।
अमेरिकाले आफ्नो यकिन आँकडा सार्वजनिक गरिसकेको छैन तर वाणिज्य मन्त्रालयका अनुसार सन् २०१३ का ११ महिनामा अमेरिकाको निर्यात व्यापार ३ दशमलव ५ टि्रलियन डलर छ । सबैभन्दा उच्च दरको व्यापार गर्ने देश कायम रहन अमेरिकाले डिसेम्बर महिनामा दोब्बरभन्दा बढीको व्यापार गरेको हुनुपर्छ । आगामी फेब्रुअरीमा मात्र अमेरिकाले आफ्नो व्यापार आँकडा सार्वजनिक गर्नेछ । 'राष्ट्रिय व्यापार सेवाहरूको विकासका लागि यो एक कोसेढुंगा हो,' चिनियाँ भन्सार प्रशासनका अधिकारी चेङ युसेङले हङकङमा आयोजित पत्रकार सम्मेलनमा भने ।
विगत ३ दशकमा चीनको वाषिर्क आर्थिक वृद्धिदर प्रतिवर्ष करिब १० प्रतिशत बनाउन उसको व्यापारिक कौशलले महत्त्वपूर्ण योगदान दिएको थियो । सन् २००९ मा चीन संसारको सबैभन्दा ठूलो निर्यातक देश बनेको थियो । अर्थ व्यवस्थामा विस्तारका कारण चीनमा आयात पनि बढेको छ । 'चीनले व्यापारमा अमेरिकालाई पछाडि छाड्ने लगभग निश्चित छ,' युसेङले भने ।
चीनका केही निर्यातकले गत वर्षको व्यापारिक आँकडा बढाइचढाई गरेर प्रस्तुत गरेको आरोप पनि नभएको होइन । विदेशी लगानी भित्र्याउने प्रतिबन्धबाट छुटकारा पाउन निर्यातकहरूले यस्तो उपाय अवलम्बन गरेको आरोप छ । तर आँकडा दुरुस्त गर्न अधिकारीहरूले केही उपाय पनि अपनाएका छन् । नक्कली व्यापारिक गतिविधिमाथि अंकुश लगाउन सरकारी प्रयास चीनमा जारी छ ।
केही विश्लेषकले बढाइचढाई गरिएका आँकडालाई ध्यान दिने हो भने चीन अमेरिकाभन्दा व्यापारमा अगाडि नै हुने बताएका छन् । 'सन् २०१३ मा अमेरिका-चीन कुल व्यापार अन्तर २ सय ५० टि्रलियन अमेरिकी डलर हुने सम्भावना छ,' अर्थशास्त्री राजीव विश्वासले बीबीसीलाई भने । २०१३ मा चीनको निर्यात ७ दशमलव ९ र आयात ७ दशमलव ३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>