न्यूयोर्क टाइम्सले भन्यो, "नेपाल हिमालको मातृभुमी"

काठमाडौं– अमेरिकाको प्रतिष्ठित समाचारपत्र द न्यूयोर्क टाइम्सले सन् २०१४ मा भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा राखेको छ। टाइम्सले आफ्नो यात्रा पृष्ठमा उच्च पहाडी साहासिक यात्राका लागि नयाँ चुचुरा खुल्दै (निउ पिक्स ओपन अप फर अल्पाइन एडभेन्चर्स) शीर्षकमा नेपाललाई समावेश गरेको छ।
यो वर्ष भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीको प्रथम स्थानमा दक्षिण अफ्रिकाको केपटाउन र अन्तिममा अमेरिकाका न्यूयोर्क राज्यमा पर्ने नायगरा फल्सलाई राखिएको छ।
विश्वका १० अग्ला हिमालमध्ये सगरमाथासहित आठवटा अग्ला चुचुरा भएको नेपाललाई हिमालको मातृभूमि भन्दै उक्त समाचारपत्रले कञ्चनजङ्घा हिमशृङ्खलाका एकसय ६५ वटा टाकुरा पर्वतारोहणका लागि खुला गर्न पर्यटन मन्त्रालयअन्तर्गतको उपसमितिले सिफारिस गरेको जनाएको छ। आरोहणका लागि सिफारिस गरिएकामध्ये १३ वटा २३ हजार फिटभन्दा अग्ला हिमाल छन्। 'उपसमितिको सिफारिस कार्यान्वयन भएमा आगामी वसन्त ऋतुदेखि ती हिमशिखर आरोहणका लागि खुला हुनेछन्,' उक्त समाचारपत्रले नेपालका हिमालको वर्णन गर्दै भनेको छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>