केन्याद्वारा नेपाल एक विकेटले पराजित
Posted by
purwanews
Published on
Saturday, January 11, 2014
काठमाडौं- आइसीसीको दोस्रो आधिकारिक खेलमा नेपाल केन्यासँग एक विकेटले पराजित भएको छ। न्युजिल्यान्डमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनायो। जवाफी ब्याटिङ गरेको केन्याले एक बल अगावै ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
यसअघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ रनले पराजित भएको थियो।
नेपाल एक दिवसीय विश्वकप छनोट खेल्नस न्युजिल्यान्ड पुगेको हो। नेपालले सोमबार युएईविरुद्ध खेल्दैछ।
प्रतिक्रिया दिनुहोस् >>