तपाईको स्मरण शक्तिमा समस्या छ ? छ भने यो पढ्नु नै पर्छ,,,
Posted by
purwanews
Published on
Saturday, January 11, 2014
यदी तपाईले आफ्नो खानामा पालक र बदाम जस्तो तत्वहरु लिनु हुँदैन भने अब लिन सुरु गर्नु होस् । हालै गरिएको एक शोधमा पालक, बदाम, माछा, सूर्यमुखीको तेल जस्तो टाइट जसमा भिटामिन ई भरपुर हुन्छ ।
यसको सेवनबाट स्मरण शक्तिसंग सम्बन्धित समस्याहरु हट्ने सो अध्ययनले देखाएको छ । यूनिभर्सिटी अफ ईस्टर्न फिनल्याण्डको शोधले सो निष्कर्ष निकालेको हो । शोधको क्रममा शोधकर्ताले १ सय ४० मानिसहरुमा सो प्रयोग गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
भिटामिनको अधिकता भएको डाइट जस्तो पालक, बदाम, माछा नियमित सेवन गर्ने मानिसहरुको स्मरण शक्तिमा सुधार देखिएको थियो । शोधकर्ताले ८ वर्ष सम्म प्रतिभागियोका मानसिक स्वास्थ्य डाइटको अध्ययन गरेको हो ।
यति मात्र होइन कि, भिटामिन ई पाइने विभिन्न तत्वहरुको नियमित सेवनले मुटु सम्बन्धी रोगहरुलाई टाढा राख्न समेत मद्दत गर्दछ ।
प्रतिक्रिया दिनुहोस् >>