नगरपालिकाको योजना छानबिनका लागि अख्तियारमा

सिरहा । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा लहान र सिरहा नगरपालिकाका विकास योजना समयमै पूरा हुन सकेका छैनन्। ठेकेदार र नगरपालिका कर्मचारीको मिलेमतोमा निर्माण कार्य कमसल भए पनि बजेट निकासा हुने गरेको स्थानीयको गुनासो छ। कमसल सडक निर्माण तथा ढल निकास गुणस्तरहीन भएको भन्दै स्थानीयले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन्। 
सिरहा नगरपालिका वडा नम्बर २ मा ३५ लाख लागतमा निर्माण गरिएको ५ सय ८० मिटर लामो ढल गुणस्तरहीन भएको स्थानीयले जनाएका छन्। ढल निर्माणको नाममा ठाउँ–ठाउँमा ह्युम पाइपु राखेर जनताको आँखामा छारो हाल्न खोजिएको छ। ढल निर्माण भइरहेको ठाउँ नगरपालिकाको नयाँ बस्ती हो।
सिरहा नगरपालिकाका कार्यकारी अधिकृत तेजनारायण यादव महतो बिुजलीको पोल सार्नुपर्ने भएकाले ढल निर्माणको काम बाँकी रहेको र छिट्टै पूरा गरिने बताउँछन्। तर, स्थानीय भने नगरपालिका र ठेकेदारको लापारवाहीले योजना अधुरो रहेको गुनासो गर्छन्।
माघ २९ मा कार्यदेश जारी भई २०६८ जेठ मसान्तभित्र निर्माण पूरा गरिसक्नुपर्ने लहान–६ स्थित ४ सय २५ मिटर लामो सडक कालोपत्रे गर्ने योजना अधुरै छ। जगेडा कोषबाट सडक कालोपत्रे सुरु गरिए पनि ठेकेदार र नगरपालिकाबीच तालमेल नहुँदा ढल निर्माण, रेन कभर, फुटपाथ लगायत निर्माण कार्य पूरा हुन सकेको छैन।
ठेक्का पाएको दिवा निर्माण सेवाले निर्धारित समयमा काम पूरा नगरेपछि नगरपालिकाले २०६९ फागुन १४ सम्मका लागि म्याद थपे पनि काम पूरा भएन।
उपभोक्ताको दबाबपछि २०७० साल असारको झरीमा सडक कालोपत्रे गरिएकाले गुणस्तरहीन भएको स्थानीय दाबी गर्छन्। कालोपत्रे गर्दा पुरानो बेस’ (अलकत्रा) झिकेर फ्याँक्नुपर्ने भए पनि त्यहीमाथि रोलिङ गरेर कालोपत्रे गरिएको थियो।
ठेकेदारले समयमै काम नसिध्याउँदा रकम फ्रिज हुनुका साथै नगरपालिका स्वयं कालोसूचीमा परेको छ। कालोसूचीमा परेपछि लहान नगरपालिकाको पुँजीगत अनुदान कटौती भएकाले स्रोत व्यवस्थापन गर्न गाह्रो भएको छ। नाला खन्न भएको ढिलाइले कालोपत्रे गर्नसमेत समस्या परेको  छ। समयमै काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न स्थानीयले माग गरे पनि सुनुवाइ भएको छैन। 
स्रोतका अनुसार ठेकेदार र नगरपालिकाबीच कमिसनमा कुरा नमिल्दा काममा ढिलाइ भएको हो। नगरपालिकाले माग्ने कमिसन रकम ठेकेदारले नदिँदा पहिले नगरपालिकाले नाला र सडक नापको काममा ढिलाइ गरेको र पछि ठेकेदारले त्यसको बदला लिएर काममा ढिलाइ गरेको स्रोतको दाबी छ।
नगरपालिकाका अनुसार ठेकेदारले जरिवाना तिरेर काम अगाडि बढाइरहेको छ।
भ्याटबाहेक १ करोड ७९ लाख ९६ हजार ६ सय २२ लागत स्टीमेटको काम दिवा निर्माण सेवाले भ्याटबाहेक ९९ लाख ९६ हजार ५ सय ५० मा ठेक्का लिएको थियो, जुन लागत अनुमानको ४४ प्रतिशत कम हो।
लहान नगरपालिकाले गत आर्थिक वर्षमा वडा नम्बर १, ३ र ८ मा ढल निकास, नाला निर्माण सुरु गरे पनि पूरा नहँुदै कतिपय ठाउँमा भत्किएको छ। लहान नगरपालिकाको वडा नम्बर १ मटिअर्वामा करिब २० मिटरजति नाला भत्किएपछि टालटुल गरिएको छ।
विकास निर्माण सेवा र साह कन्सट्रक्सनले नाला निर्माणको ठेक्का पाएको थियो। नाला बनाउँदा प्रयोग गरिएको इँटा कमसल हनुका साथै सिमेन्टको मात्रा कम राखिएको स्थानीयले गुनासो गरे ।
लहानको मुख्य बजार र राजमार्ग छेउका नाला व्यवस्थित हुन नसकेपछि अस्तव्यस्त देखिएको छ। पुरानो नाला मर्मत गरे खर्च कम लाग्ने र कमिसन पनि कम आउने भए पनि नयाँ नालाको टेन्डरमा कमिसन धेरै आउने भएकाले नगरपालिकाले त्यो कामलाई तीव्रता दिएको छ। 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>