कुखुरा व्यवसायबाट फाइदै फाइदा

बर्ड फ्ल्लु जस्तो घातक रोग साथै बजारको अभावका कारणले दिन प्रतिदिन कुखुरा व्याबसायीहरुले व्यावसाय धमाधम बन्द गरिरहेका छन् । विभिन्न समस्याका बाबजुत पनि मोरङ कर्सियाका कृषकले भने व्याबसायीक रुपमा कुखुरापालन गर्न सुरुगारेका छन् । पहिला–पहिला दानाको अभाव र उत्पादित कुखुरा बजार सम्म पुर्याउन नसकेर छोडेका कृषकले पनि कुखुरापालन तिर हात हाल्नथालेका छन् । विदेशमा गएर विदेशि सामु सानो भएर उनिहरुको चाकरि गरेर लाखौ कमाउनु भन्दा स्वदेशमौ परिवरका साथ बसेर हात मुख जोड्नु राम्रो हुने ठानि कर्सियाका युवाहरुले कुखुरापालन व्यबसाय सुरुगरेका छन् । कुखुरा पालन बाट केहि गर्न सकिदैन, नाफा हुदँैन भन्नेहरुका लागि कर्सियाकै एक कृषक राम थारु एक उदारणीय व्यक्ति बनेका छन् । एक धुर जमिन नभएका रामले लगातार सात बर्ष यता कुखुरापालन व्याबसाय गरेर अहिले तीन बिघा जमिन र पक्की घरका मालिक बनेका छन् ।
स्थानिय युवाले गाउँमै एकता आर.पि.डि पोल्टी मार्केटिड नामका संस्था खोलि कृषकलाई सहयोग पुर्याउँदै आएका छन् । उनिहरुले चल्ला उपलब्ध गाराउने देखि लिएर दाना र उत्पादित कुखुराको बजारको समेत व्यावस्था मिलाएका छन् र समय समयमा निसुल्क प्रविधिक सहयोग पनि दिई रहेका छन् । ३ जना कृषक बाट सुरु गरिएको सो ब्याबसायमा डेढ महिनामा  अहिले १५ कृषकले ब्याबसायीक तबर बाट कुखुरा पालन ब्याबसाय गर्न सुरु गरेका छन् र थप अरु कृषकले पनि धमाधम कुखुराका खोरहरु निर्माण गरीरहेका छन् ।




प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>