आफैंलाई गोली हान्ने पक्राउ
Posted by
purwanews
Published on
Tuesday, January 7, 2014
सुर्खेत– आफूले आफैंलाई गोली हानी आपराधिक समूहको आक्रमणमा परेको बयान दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै पाखुरामा पेस्तोलले गोली हानेका लाटिकोइली–९ का भुपेन्द्र विसी पक्राउ परेका हुन्।
उनले पुस ६ गते साँझ मोटरसाइकलमा आएका दुई जनाले आफूलाई गोली हानेर भागेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुरक्षा मागेका थिए। घटनास्थल र गोलीको प्रकृति हेर्दा अरुको संलग्नता हुनसक्ने आधार नदेखिएपछि प्रहरीले विसीलाई पक्रेर अनुसन्धान सुरु गरेको थियो। सो क्रममा उनले आफैंले गोली हानेको स्विकारेको प्रहरी उपरीक्षक प्रकाश अधिकारले जनाए।
पेस्तोल खेलाउने क्रममा गोली लागेको बताउने बिसीविरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस् >>