प्रहरीमाथि प्रश्न ? यौनको मामिलामा पुलिस निकै उदार छन्,,,,
Posted by
purwanews
Published on
Saturday, January 11, 2014
काठमाडौ, विराटनगरमा सहमतिमै होटलको कोठा छिरेका युगल जोडी पक्राउ गरिएको घटना समाचार आउनासाथ सोसल मिडियामा यस्तो विरोध भयो, न्युज पोर्टलले १ घन्टाभित्रै समाचार हटाएर माफी माग्न पर्यो ।
पुलिसले सहमतिमा एकान्त छिरेका कसैलाई कारबाही गर्न हुन्छ कि हुन्न भन्नेमा सोसल मिडियामा बहस जारी छ । सबैजसोले सहमतिमा हुने यस्तो क्रियाकलापमा पुलिसले कारबाही गर्न नहुने मात्र होइन 'डिस्टर्व' पनि गर्न नहुने बताइरहेका छन् ।
सरकारले आफ्नो परिधिभित्र रहेर काम गरोस्, नागरिकको दैनिक जीवनमा अनावश्यक हस्तक्षेप नगरोस् भन्ने चाहेको सञ्जीवले ब्लगमा लेखेका छन् । 'समाजलाई पवित्र बनाउने नाममा प्रहरीलाई नागरिकको ओछ्यानमा पस्ने छुट दिनु हुन्न, होटल वा घर,' ब्लगमा लेखिएको छ ।
समाज यौन सम्बन्धको मामिलामा उदार हुँदै गएको छ । सहमतिमा हुने यौन सम्बन्ध अब समाजलाई अपराध लाग्दैन । ;यौनको मामिलामा आफ्ना लागि हाम्रा पुलिस निकै उदार छन् ।
बहुविवाह सेना र पुलिसमै बढी छ । सेना र पुलिसले पाको भएपछि कम उमेरका कान्छी भित्र्याएर पेन्सनको भार बढेको कुरा पेन्सनबारे सुझाव दिन गठित कार्यदलले एक दशकअघि नै ठहर्याएको थियो । विवाहेत्तर सम्बन्धका कुरा पुलिसकै बढी सार्वजनिक भइरहेका हुन्छन् ।
अलि अघि नेपाल पुलिसका अतिरिक्त महानिरीक्ष्ाक -एआईजीपी) ले लामो समयदेखि सम्बन्ध बनाएकी महिला पुलिसले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेकी थिइन् । ती एआईजीपीले मोटो रकम तिरेर विवाद निप्टारा लगाएका थिए ।
'एकजना महिलाले कसैले आफूलाई मोबाइलबाट पटकपटक धम्क्याएको उजुरी गरिन्,' महानगरीय अपराध महाशाखाका एक अधिकृत सुनाउँछन्, 'बुझ्दै जाँदा ती महिला सशस्त्र पुलिसका एआईजीपीकी प्रेमिका रहिछन्, धम्क्याउनेचाहिँ श्रीमती ।' विदेशमा ल्यान्ड गर्नासाथ रेडलाइट एरिया सोधखोज गरेका कुरा पुलिसको अनौपचारिक गफगाफमा सुनिन्छ । तैपनि पुलिस नै कुनै कट्टरवादीजस्तो व्यवहार पनि देखाइरहेको छ । होटलवालाले हप्तावारी, महिनावारी दिएन भने सुरक्षाको नाममा रात परेपछि होटलका कोठा ढक्ढक्याउन आदेश दिने हाकिम हुन्छन, एकथरी । यसरी एकाधचोटि रातको समयमा गेस्टलाई 'डिस्टर्व' गरेपछि युगलजोडालाई निषेध गर्ने होटलवाला पनि पुलिससँग सम्झौता गर्न बाध्य हुन्छ, ग्राहक भड्किने डरले ।
यस्तै आफ्नो क्षेत्रमा तस्करी, संगठित गुन्डागर्दीबाट पैसा असुल्दै यस्तो यस्तै सस्ता प्रचारबाजी गरी ध्यान अन्यत्र मोड्न पनि पुलिसले होटलका कोठा चहार्ने गर्छन् । 'कहिलेकाहीं त एउटा निकायले फाइदा पाए पनि अर्कोले नपाउँदा पनि रेड गरेर सबक सिकाउने काम हुन्छ,' एक पुलिस अधिकृत भन्छन्, 'एउटै अड्डामा प्रमुखले पाएर अरूले नपाउँदा पनि रेड हुन सक्छ ।
' डेढ वर्षअघि पोखराको लेकसाइडका होटलबाट भकाभक युगलजोडा समात्दै पुलिसले सार्वजनिक मुद्दा लगाउँदा ३ जना भारतीय नागरिकसमेत अभियुक्त भएका थिए । त्यतिबेला लेकसाइड कार्यक्ष्ाेत्र भएको बैदाम प्रहरी र स्थानीय होटल व्यवसायीको सम्बन्ध चिसिँदा पुलिसले यस्तो 'बहादुरी' देखाएको थियो । मानवशास्त्री चेम्जोङका अनुसार सुनसरीको भेंडेटारका कतिपय होटल एकाध घन्टाका लागि कोठा लिने युगलजोडीका कारण चलेका छन् ।
पुलिस अड्डा पनि त्यही छ । 'तर, २९ दिन नदेख्याजस्तो गर्ने पुलिसमाथि तीसौं दिनमा समाजलाई चरित्रवान बनाउने भूत सवार हुन्छ,' उनी थप्छन, 'अनि त्यही दिन पुगेको जोडी अपराधी बन्न पुग्छन् ।'रमेश खरेल एउटा हिरोका रूपमा उदाएपछि थुप्रै पुलिस अफिसरमा त्यस्तै बन्ने भूत सवार छ ।
तर रमेश खरेल लक्ष्मण थारूलाई लजको कोठाबाट युवतीसहित पक्राउ गर्दैमा हिरो भएका होइनन् । उनी त आफूले लागेको काममा मन्त्री, प्रधानमन्त्रीको दबाब पनि नटेर्ने स्वभाव र अतिरिक्त लाभमा अरुचिका कारण हिरो बनेका हुन् ।
कतिपय अवस्थामा पुलिसले कोठा चहार्दा श्रीमान्-श्रीमतीले समेत सम्बन्ध पुष्टि गर्ने प्रमाण पेस गर्नुपर्ने हुन्छ ।
संगठित वेश्यावृत्ति विकसित देशमै पनि बहसको विषय बन्ने गरेको चेम्जोङ बताउँछन् । सन् २००८ मा न्युयोर्कमा वेश्यावृत्तिका र्याकेटविरुद्ध अपरेसन चलाइएको थियो । त्ार त्यहींका मेयरले वेश्यागमन गरेको पुष्टि भएपछि श्रीमतीप्रति इमानदार हुन नसकेको आरोप लाग्यो र राजीनामा गर्नुपर्यो । 'यहाँ ठूलाबडा समातिनु पर्दैन, किनकि ती पुलिसले रेड नगर्ने पाँचतारे होटल पस्छन्,' उनी भन्छन् ।
नेपाल पुलिसका डीआईजीपी सुरेन्द्रबहादुर शाह समाजमा अनैतिक गतिविधि नफस्टाओस् भनेरै पुलिसले यस्तो गतिविधिमा पनि हात हालेको जिकिर गर्छन् । जीउ मास्ने बेच्नेसम्बन्धी अपराध नियन्त्रण गर्ने कानुनले कुनै प्रलोभनमा पारेर यौन सम्बन्ध राख्नुलाई अपराध मानेको छ ।
'यस हिसाबले सहमतिमै भए पनि कतिपय यौनसम्बन्धलाई कानुनको दफाले तान्न सक्छ,' उनी भन्छन् । तर, ब्लगर सञ्जीव लेख्छन्, 'समाज र कानुनबीच जीवन्त अन्तर्सम्बन्ध हुन्छ । समाजसँग नमिल्दा कानुन राज्यले परिपालना गराउँछु भनेर राज्यले ढिपी गर्न मिल्दैन ।
' सहरका रेस्टुरेन्ट ९ बजेदेखि बन्द गर्ने पुलिस उर्दी पनि यस्तै लेनदेनकै उपज हुन् । आफ्नो क्षेत्रका रेस्टुरेन्ट होटल व्यवसायीले हप्तावारीका लागि तयार भए पुलिस नदेखेझैं गर्छ । माग पूरा नभएपछि ९ बजेपछि मदिरा बेचेको भन्दै व्यवसायीलाई थुन्न पुलिस पछि पर्दैन ।
'गुन्डाको हूल रेस्टुरेन्टमा आएर सित्तैमा खाएर हिँड्छन्, नयाँ बजारका एक रेस्टुरेन्ट व्यवसायी भन्छन्, 'पुलिस नौ बजेपछि किन खोलिस् भन्दै मेरै स्टाफलाई समात्छ ।' मोरल पुलिसिङका कारण नेपाल पुलिस विवादमा पर्छ,' प्रहरी प्रवक्ता गणेश केसी भन्छन्, 'यसमा पुलिस अचानो पनि भएको छ ।' उनका अनुसार मोरल पुलिसिङ गर्दा पुलिसले समाजको गतिलाई ठम्याउन नसकेको आरोप सुन्न पर्छ । नगर्दा पनि समाजबाट सबैतिर हप्तावारी खाएर आँखा चिम्लेको आरोप सहन पर्छ ।
सहमतिमै होटलका कोठामा पस्ने छुट दिँदा पनि भोलि होटल सञ्चालकले संगठित वेश्यावृत्ति गराउने सम्भावना हुने उनी बताउँछन् । 'अनि फेरि समाजले त पुलिसलाई नै गाली गर्ने हो,' केसी भन्छन् । शिवपुरीका जंगलतिर युवायुवती डेटिङमा जाँदा पनि स्थानीयले पुलिस गुहार्ने गरेको उनी सुनाउँछन् । 'तर कोठामा फेला परेका युवायुवतीलाई पक्रेर मुद्दा लगाई सबै कुरा सार्वजनिक गरिदिएर भोलि तिनलाई समाजमा काम गर्न अप्ठ्यारो बनाइदिने कुराचाहिँ आधुनिक पुलिसलाई सुहाउँदैन,' उनी थप्छन् ।
प्रवक्ता केसी मोरल पुलिसिङ पुलिसको पहिलो प्राथमिकता होइन भन्छन् । पुलिसको पहिलो प्राथमिकता शान्ति सुव्यवस्था खल्बल्याउने आपराधिक क्रियाकलाप नै हो ।
सार्वजनिकस्थल वा यातायातमा महिलामाथि यौन दुव्र्यवहार सामान्यजस्तै बनेको छ । पुलिसले यस्तो हर्कत गर्नेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको उदाहरण भेटिन्न । यसका लागि खासै मेहनत गर्नुपर्ने केही छैन । सार्वजनिक चोक-चौराहामा, यातायातमा सादा पोसाकमा पुलिस परिचालन गरी दुव्र्यवहार गर्नेलाई पक्राउ गर्न थाले आफैं नियन्त्रण हुन्छ ।
समाजको बहावसँग तारतम्य नमिलाउँदा पनि पुलिस लोकपि्रय हुन सकेको छैन । संसारभरि सार्वजनिकस्थलमा आतिशबाजी गरी हर्षोल्लास गर्ने चलन छ । भारतमा आतिशबाजी गर्न दीपावली नै चाहिंदैन । हामीकहाँ तिहारमा आतिशबाजी गर्ने संस्कृति बनिसक्यो ।
मारवाडी समुदायमा बिहावारीमा पनि आतिशबाजी गरिन्छ । तर यहाँ प्रत्येक वर्ष तिहारअघि सक्रियता बढ्छ, आतिशबाजीको सामग्री जफत गर्न । ससाना छोराछोरी भएका अभिभावक आतिशबाजीको सामग्रीको जोहो गर्ने चिन्तामा हुन्छन् । दुई वर्षअघि वीरगन्जमा आतिशबाजीमा कडाइ गरेपछि केहीले आतिशबाजी गर्न छोराछोरीलाई सीमापारि रक्सौल पठाएका थिए ।
यसपालि वीरगन्जमा त गएको तिहारमा पटाका ल्यायो भनेर पुलिसले ३ जनामाथि सार्वजनिक मुद्दा नै चलायो । यसको कारण आतिशबाजीले दुर्घटना निम्त्याउँछ भन्ने थियो । दुर्घटना हुन सक्ने कुरामा पहिले नै चनाखो हुनु ठीक हो तर यसरी सम्भावना भएका जति सबैलाई मुद्दा लगाउने हो भने यातायातदेखि धेरै क्षेत्रमा दुर्घटनाका सम्भावना रहन्छ । के सबैलाई पुलिसले मुद्दा लगाउँछ ?
पुलिसले सहमतिमा एकान्त छिरेका कसैलाई कारबाही गर्न हुन्छ कि हुन्न भन्नेमा सोसल मिडियामा बहस जारी छ । सबैजसोले सहमतिमा हुने यस्तो क्रियाकलापमा पुलिसले कारबाही गर्न नहुने मात्र होइन 'डिस्टर्व' पनि गर्न नहुने बताइरहेका छन् ।
सरकारले आफ्नो परिधिभित्र रहेर काम गरोस्, नागरिकको दैनिक जीवनमा अनावश्यक हस्तक्षेप नगरोस् भन्ने चाहेको सञ्जीवले ब्लगमा लेखेका छन् । 'समाजलाई पवित्र बनाउने नाममा प्रहरीलाई नागरिकको ओछ्यानमा पस्ने छुट दिनु हुन्न, होटल वा घर,' ब्लगमा लेखिएको छ ।
समाज यौन सम्बन्धको मामिलामा उदार हुँदै गएको छ । सहमतिमा हुने यौन सम्बन्ध अब समाजलाई अपराध लाग्दैन । ;यौनको मामिलामा आफ्ना लागि हाम्रा पुलिस निकै उदार छन् ।
बहुविवाह सेना र पुलिसमै बढी छ । सेना र पुलिसले पाको भएपछि कम उमेरका कान्छी भित्र्याएर पेन्सनको भार बढेको कुरा पेन्सनबारे सुझाव दिन गठित कार्यदलले एक दशकअघि नै ठहर्याएको थियो । विवाहेत्तर सम्बन्धका कुरा पुलिसकै बढी सार्वजनिक भइरहेका हुन्छन् ।
अलि अघि नेपाल पुलिसका अतिरिक्त महानिरीक्ष्ाक -एआईजीपी) ले लामो समयदेखि सम्बन्ध बनाएकी महिला पुलिसले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेकी थिइन् । ती एआईजीपीले मोटो रकम तिरेर विवाद निप्टारा लगाएका थिए ।
'एकजना महिलाले कसैले आफूलाई मोबाइलबाट पटकपटक धम्क्याएको उजुरी गरिन्,' महानगरीय अपराध महाशाखाका एक अधिकृत सुनाउँछन्, 'बुझ्दै जाँदा ती महिला सशस्त्र पुलिसका एआईजीपीकी प्रेमिका रहिछन्, धम्क्याउनेचाहिँ श्रीमती ।' विदेशमा ल्यान्ड गर्नासाथ रेडलाइट एरिया सोधखोज गरेका कुरा पुलिसको अनौपचारिक गफगाफमा सुनिन्छ । तैपनि पुलिस नै कुनै कट्टरवादीजस्तो व्यवहार पनि देखाइरहेको छ । होटलवालाले हप्तावारी, महिनावारी दिएन भने सुरक्षाको नाममा रात परेपछि होटलका कोठा ढक्ढक्याउन आदेश दिने हाकिम हुन्छन, एकथरी । यसरी एकाधचोटि रातको समयमा गेस्टलाई 'डिस्टर्व' गरेपछि युगलजोडालाई निषेध गर्ने होटलवाला पनि पुलिससँग सम्झौता गर्न बाध्य हुन्छ, ग्राहक भड्किने डरले ।
यस्तै आफ्नो क्षेत्रमा तस्करी, संगठित गुन्डागर्दीबाट पैसा असुल्दै यस्तो यस्तै सस्ता प्रचारबाजी गरी ध्यान अन्यत्र मोड्न पनि पुलिसले होटलका कोठा चहार्ने गर्छन् । 'कहिलेकाहीं त एउटा निकायले फाइदा पाए पनि अर्कोले नपाउँदा पनि रेड गरेर सबक सिकाउने काम हुन्छ,' एक पुलिस अधिकृत भन्छन्, 'एउटै अड्डामा प्रमुखले पाएर अरूले नपाउँदा पनि रेड हुन सक्छ ।
' डेढ वर्षअघि पोखराको लेकसाइडका होटलबाट भकाभक युगलजोडा समात्दै पुलिसले सार्वजनिक मुद्दा लगाउँदा ३ जना भारतीय नागरिकसमेत अभियुक्त भएका थिए । त्यतिबेला लेकसाइड कार्यक्ष्ाेत्र भएको बैदाम प्रहरी र स्थानीय होटल व्यवसायीको सम्बन्ध चिसिँदा पुलिसले यस्तो 'बहादुरी' देखाएको थियो । मानवशास्त्री चेम्जोङका अनुसार सुनसरीको भेंडेटारका कतिपय होटल एकाध घन्टाका लागि कोठा लिने युगलजोडीका कारण चलेका छन् ।
पुलिस अड्डा पनि त्यही छ । 'तर, २९ दिन नदेख्याजस्तो गर्ने पुलिसमाथि तीसौं दिनमा समाजलाई चरित्रवान बनाउने भूत सवार हुन्छ,' उनी थप्छन, 'अनि त्यही दिन पुगेको जोडी अपराधी बन्न पुग्छन् ।'
संगठित वेश्यावृत्ति विकसित देशमै पनि बहसको विषय बन्ने गरेको चेम्जोङ बताउँछन् । सन् २००८ मा न्युयोर्कमा वेश्यावृत्तिका र्याकेटविरुद्ध अपरेसन चलाइएको थियो । त्ार त्यहींका मेयरले वेश्यागमन गरेको पुष्टि भएपछि श्रीमतीप्रति इमानदार हुन नसकेको आरोप लाग्यो र राजीनामा गर्नुपर्यो । 'यहाँ ठूलाबडा समातिनु पर्दैन, किनकि ती पुलिसले रेड नगर्ने पाँचतारे होटल पस्छन्,' उनी भन्छन् ।
नेपाल पुलिसका डीआईजीपी सुरेन्द्रबहादुर शाह समाजमा अनैतिक गतिविधि नफस्टाओस् भनेरै पुलिसले यस्तो गतिविधिमा पनि हात हालेको जिकिर गर्छन् । जीउ मास्ने बेच्नेसम्बन्धी अपराध नियन्त्रण गर्ने कानुनले कुनै प्रलोभनमा पारेर यौन सम्बन्ध राख्नुलाई अपराध मानेको छ ।
'यस हिसाबले सहमतिमै भए पनि कतिपय यौनसम्बन्धलाई कानुनको दफाले तान्न सक्छ,' उनी भन्छन् । तर, ब्लगर सञ्जीव लेख्छन्, 'समाज र कानुनबीच जीवन्त अन्तर्सम्बन्ध हुन्छ । समाजसँग नमिल्दा कानुन राज्यले परिपालना गराउँछु भनेर राज्यले ढिपी गर्न मिल्दैन ।
' सहरका रेस्टुरेन्ट ९ बजेदेखि बन्द गर्ने पुलिस उर्दी पनि यस्तै लेनदेनकै उपज हुन् । आफ्नो क्षेत्रका रेस्टुरेन्ट होटल व्यवसायीले हप्तावारीका लागि तयार भए पुलिस नदेखेझैं गर्छ । माग पूरा नभएपछि ९ बजेपछि मदिरा बेचेको भन्दै व्यवसायीलाई थुन्न पुलिस पछि पर्दैन ।
'गुन्डाको हूल रेस्टुरेन्टमा आएर सित्तैमा खाएर हिँड्छन्, नयाँ बजारका एक रेस्टुरेन्ट व्यवसायी भन्छन्, 'पुलिस नौ बजेपछि किन खोलिस् भन्दै मेरै स्टाफलाई समात्छ ।' मोरल पुलिसिङका कारण नेपाल पुलिस विवादमा पर्छ,' प्रहरी प्रवक्ता गणेश केसी भन्छन्, 'यसमा पुलिस अचानो पनि भएको छ ।' उनका अनुसार मोरल पुलिसिङ गर्दा पुलिसले समाजको गतिलाई ठम्याउन नसकेको आरोप सुन्न पर्छ । नगर्दा पनि समाजबाट सबैतिर हप्तावारी खाएर आँखा चिम्लेको आरोप सहन पर्छ ।
सहमतिमै होटलका कोठामा पस्ने छुट दिँदा पनि भोलि होटल सञ्चालकले संगठित वेश्यावृत्ति गराउने सम्भावना हुने उनी बताउँछन् । 'अनि फेरि समाजले त पुलिसलाई नै गाली गर्ने हो,' केसी भन्छन् । शिवपुरीका जंगलतिर युवायुवती डेटिङमा जाँदा पनि स्थानीयले पुलिस गुहार्ने गरेको उनी सुनाउँछन् । 'तर कोठामा फेला परेका युवायुवतीलाई पक्रेर मुद्दा लगाई सबै कुरा सार्वजनिक गरिदिएर भोलि तिनलाई समाजमा काम गर्न अप्ठ्यारो बनाइदिने कुराचाहिँ आधुनिक पुलिसलाई सुहाउँदैन,' उनी थप्छन् ।
प्रवक्ता केसी मोरल पुलिसिङ पुलिसको पहिलो प्राथमिकता होइन भन्छन् । पुलिसको पहिलो प्राथमिकता शान्ति सुव्यवस्था खल्बल्याउने आपराधिक क्रियाकलाप नै हो ।
सार्वजनिकस्थल वा यातायातमा महिलामाथि यौन दुव्र्यवहार सामान्यजस्तै बनेको छ । पुलिसले यस्तो हर्कत गर्नेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको उदाहरण भेटिन्न । यसका लागि खासै मेहनत गर्नुपर्ने केही छैन । सार्वजनिक चोक-चौराहामा, यातायातमा सादा पोसाकमा पुलिस परिचालन गरी दुव्र्यवहार गर्नेलाई पक्राउ गर्न थाले आफैं नियन्त्रण हुन्छ ।
यसपालि वीरगन्जमा त गएको तिहारमा पटाका ल्यायो भनेर पुलिसले ३ जनामाथि सार्वजनिक मुद्दा नै चलायो । यसको कारण आतिशबाजीले दुर्घटना निम्त्याउँछ भन्ने थियो । दुर्घटना हुन सक्ने कुरामा पहिले नै चनाखो हुनु ठीक हो तर यसरी सम्भावना भएका जति सबैलाई मुद्दा लगाउने हो भने यातायातदेखि धेरै क्षेत्रमा दुर्घटनाका सम्भावना रहन्छ । के सबैलाई पुलिसले मुद्दा लगाउँछ ?
प्रतिक्रिया दिनुहोस् >>