आफूखुसी औषधि खाँदा मृत्यु हुने खतरा

विश्व स्वास्थ्य संगठनको मान्यता छ, 'औषधिको समुचित प्रयोगभित्र बिरामीले आफ्नो रोगअनुसार उपयुक्त मात्रामा, उचित समयका लागि, सही मूल्यमा औषधि खान पाउने अधिकार पर्दछ।'कुनै सामान्य लक्षण देखिनासाथ एकै डोज औषधिले रोग 'चट्' बनाउन औषधि पसलतिर दौडिहाल्ने प्रवृत्ति बढेको छ । मानिसको शरीरमा कुन किसिमको ब्याक्टेरिया छ र त्यसलाई मार्न कस्तो औषधि चाहिन्छ भन्ने थाहा पाउन चिकित्सक बताउँछन्:- 
-रुघाखोकी, झाडापखाला, ज्वरो, दुखाइ कम गर्ने औषधिदेखि पहिला कुनै रोग हुँदा दिएको औषधि बिरामीले फरक समयमा सोही समस्या देखिँदा पनि पुनः आफैं प्रयोग  नगर्ने छ।
-चिकित्सकहरुका अनुसार जथाभावी औषधि किनेर खाने प्रवृत्तिले मिर्गौला बिग्रने, कलेजो सधैंका लागि नष्ट हुने, आन्तरिक रक्तश्राप हुने, मुटुको गति र रक्तचाप बढाएर बिरामीको ज्यानैसमेत जान सक्छ।
-सबैभन्दा सुरक्षित भनेर खाजा खाएजसरी खाइने औषधि पनि पूर्ण सुरक्षित हुँदैनन्। 'सुरक्षित भनेर खाने सिटामोलले लिभरमा असर गर्न सक्छ, दुखाइमा प्रयोग गरिहाल्ने एस्पि्रनले पेटमा अल्सर तत्काल रक्तश्राब गराएर मृत्यु नै गराउन  सक्छ।
-मदिरासेवन गरेको २४ घन्टाबीच सामान्य रुपमा किनेर खाइने पखालाका औषधि मेट्रोनिडाजोलले एकप्रकारको विषादी पैदा गराएर छटपटी हुने, प्लेटलेट कम भएकाहरूमा आन्तरिक रक्तश्राव भएर मृत्युसम्म हुने खतरा रहन्छ।
-लामो समयसम्म कुनै औषधि सेवनले त उच्च रक्तचापलगायत समस्या मात्र होइन, मिर्गौला नै नष्टसमेत गराउँछ।
-औषधिको प्रतिरोधात्मक क्षमता बढेमा कुनै पनि एन्टिबायोटिक औषधिले काम गर्दैन। चिकित्सकका अनुसार परिवारमा बाबुआमाले बढी एन्टिबायोटिक सेवन गरेका छन् भने तिनका सन्तानलाई ड्रग रेसिस्टेन्स हुने सम्भावना बढी हुन्छ।
-कडा डोज र धेरै प्रकारका मलेक्युल मिसिएका एन्टिबायोटिक्स प्रयोग क्षणिक रुपमा जति सजिलो गरी रोग निको बनाएको देखिन्छ, यसले उत्तिकै घातक असर पार्ने अवस्था हेर्दा सकभर बिरामी पक्षले चिकित्सकसँगको परामर्शमा अत्यावश्यक मानिएमात्रै एन्टिबायोटिकलगायत औषधि सेवन गर्नुपर्छ र पूरै मात्रा खानुपर्छ।
-जथाभावी किनेर खाने, पूरै डोज नखाई बिचैमा छोड्ने र कम गुणस्तरको औषधिले शरीरभित्र उक्त औषधि पचाउनसक्ने ब्याक्टेरिया विकास हुन्छ।
-ननइस्टिरोयड एन्टि इम्फ्लामेटरी (एनएसएआइडी ) समूहमा पर्ने ब्रोफिन, इन्डोमेथासिन, डाइक्लोफिनजस्ता औषधि मिर्गौलाका लागि घातक हुने ।
दुखाइ कम गर्ने औषधिले मिर्गौलामा दुई तरिकाले असर गर्छ। कतिपय व्यक्तिमा दुखाइ कम गर्ने औषधि एक/दुई डोजले पनि तत्कालै बन्द (एक्युट रेनल फेलियर) हुने र लामो समयसम्म दुखाइ कम गर्ने औषधि सेवन गरिरहेकामा दुखाइ कम गर्ने औषधिबाट नष्ट हुने समस्या (एनल्जेसिक नेफ्रोप्याथी) देखिन सक्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको एक अध्ययनले पनि बिरामीलाई एकैपटक तेस्रो जेनेरेसनको औषधि दिने चलन बढेको देखाएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>