हलुका सवारीको आयात बढ्यो

पर्सा, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा हलुका सवारी साधान आयातबाट डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ।
नेपालको मुख्य व्यापारिक नाका वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा वीरगन्ज भन्सारले मुलुकबाट पाँच हजार ९५६ वटा हलुका सवारी साधान आयातबाट पाँच अर्ब ९६ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सङ्कलित राजस्व आर्थिक वर्ष २०६९/७० को तुलनामा एक अर्ब ६७ करोड ९३ लाखभन्दा बढी रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सवारीसाधनमा लगानी गर्न कडाइ गरेपछि त्यसको प्रभावले आयात घटेको व्यवसायीहरूको भनाइ छ। वाणिज्य बैंकहरूले सवारीसाधनमा ६० प्रतिशतसम्म लगानी गर्ने गरेकामा यस्ता कम्पनीहरूले वाणिज्य बैंकबाटै कर्जा लिएर चर्को ब्याजदरमा ९० प्रतिशतसम्म लगानी गर्दै आएका थिए। अनाधिकृत लगानीका कारण लगानीमा जोखिम बढेको भन्दै राष्ट्र बैंकले यस्तो लगानीमा प्रतिबन्ध लगाएको थियो। गत आर्थिक वर्ष २०६९/७० को पहिलो पाँच महिनामा एक हजार ४४७ वटा ट्रक–बसका चेसिस आयात भएकामा चालु वर्षको सोही अवधिमा एक हजार २०६ वटामात्र आयात भएका छन्। आयात घटेपछि राजस्वसमेत गत वर्षको तुलानामा नौ करोड ८७ लाख रुपैयाँले घटेको छ।
ट्रक, मिनीट्रक, डबल क्याब पिकअप गाडीको आयातसमेत झिनो परिमाणले वृद्धि भएको भन्सारले जनाएको छ। यो अवधिमा ६८० वटा ट्रक र मिनीट्रक भित्रिएका छन्। सोको आयातबाट दुई अर्ब ७९ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यो वर्ष मोटरसाइकलको आयात पनि घटेको छ। भन्सार प्रमुख अर्यालका अनुसार यो अवधिमा ५६ हजार ८५० थान मोटरसाइकल नेपाल भित्रिएका छन्।
सो आयातबाट रु चार अर्ब २१ करोड ७६ लाख ५५ हजार राजस्व आम्दानी भएको छ। अघिल्लो वर्ष सो अवधिमा ५८ हजार १४८ मोटरसाइकल आयात भएका थिए। मोटरसाइकलको सङ्ख्या घटे पनि राजस्व भने रु ४४ करोड आठ लाखले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>