ट्राफिक प्रहरीको स्वास्थय जोखिममा
Posted by
purwanews
Published on
Thursday, January 2, 2014
काठमाडौं- धुलोधुवाँको सहर, मोटरको चाप त्यसमा पनि लामो ड्युटी गर्नु परेपछि ट्राफिक प्रहरीले सास्ती खेप्नुपरेको छ। ड्युटीको बढी भारकै कारण उनीहरुमा असामान्य र गम्भीर रोग देखा परेका छन्।
ट्राफिक प्रहरी अहिले सास फेर्न गाह्रो हुने, कोखा, घाँटीमा गाह्रो हुने, छाला चिलाउने, झमझमाउने समस्या छ।
उपत्यकामै ड्युटी गरिरहेका ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण गर्दा लामो समय उभिएर ड्युटी गरेकाले ढाडको हड्डी खिइएको पत्ता लागेको छ।
ट्राफिक ड्युटीकै कारण ट्राफिक प्रहरीमा छालाका विभिन्न रोग देखा परेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।
लामो समय ट्राफिक ड्युटीकै कारण आफूले ६० प्रतिशत कान सुन्न छाडेको इन्सपेक्टर सीताराम हाछेथुले बताए। त्योबाहेक दुई वर्षदेखि पित्तथैलीमा पत्थरी देखा परे पनि व्यस्तताकै कारण शल्यक्रिया गर्न नपाएको हाछेथुले बताए।
ट्राफिक प्रहरीमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएपछि स्वास्थ्य शिविर राख्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआइजी केशव अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस् >>