इतिहासमै दोस्रो पटकको सत्य घटना: थाइल्याण्डकी यि नागकन्या
Posted by
purwanews
Published on
Thursday, January 9, 2014
बैङकक। थाइल्याण्डकी यि बालिका माइली फे आठ बर्षकी भइन। उनको अनुहार मात्र हेर्ने हो भने हाउभाउ सबै सामान्य लाग्छ। तर ती बालिका उनको उमेरकी सामान्य बालिका जस्तै छैनन। आफ्नो ओछ्यानमा सुतिरहेको अवस्थामा भेटिने माइली फे अरुभन्दा यसकारण पनि फरक छिन उनको शरीर सर्पको जस्तो छ। उनी पौराणिक ग्रन्थहरुमा सुनिने नागकन्या झै देखिने कारण पनि उनलाई हेर्नेको भीड दिनदिनै बढ्दै गएको छ। हरेक दिन उनको परिवार बस्ने घर अगाडी हजारौ मान्छे उनलाई हेर्न जम्मा हुने गरेका छन्। जम्मा भएका मान्छेहरु उनलाई छुन मरिहत्ते गर्छन नभए हेरेरै भएपनि चित्त बुझाउँछन । धेरै जसो हिन्दु र बुद्धिष्ट तिर्थालुहरु उनलाई हेर्न पुग्ने गरेको बताइएको छ।थाइल्याण्डका एक डा पिङ लाओ बालिकाको तल्लो भागमा सरिसृप जस्तो हुने विरलै किसिमको रोग लागेको बताएका छन्। उनले बालिकालाई चिकित्सकको भाषामा सर्पेन्तोसिस मालियान्क्रोशिस रोग लागेको बताएका छन्। अहिलेसम्म इतिहासमै एकदुई मात्र यस्ता घटना सुनिएको उनको भनाई छ। यस किसिमको रोगको बारेमा मेडिकल साइन्ससँग कुनै किसिमको औषधी नभएको पनि उनले बताए।
बालिकाको परिवारलाई भने यसले चिन्ता मिश्रीत कौतुहलता ल्याएको छ। बालिकालाई हेर्न नटुट्ने तिर्थालुका कारण परिवारको अवस्था भने सुध्रिएको छ। बालिकाको परिवारले उनलाई हेर्न शुल्क समेत लिन थालेका छन्।
कतिपयले भने वल्डन्यूजडायरीरिपोर्ट डटकमले प्रकाशन गरेको तस्विरमाथि शंका गर्दै फोटोसपबाट मिलाएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस् >>