प्राधिकरणले उद्योगलाई चौबीसै घन्टा बिजुली उपलब्ध गराउने
Posted by
purwanews
Published on
Thursday, January 2, 2014
काठमाडौ - विद्युत् प्राधिकरणले लोडसेडिङका कारण उत्पादन घटाउन बाध्य व्यवसायीलाई डेडिकेटेड फिडर (औद्योगिक कोरिडोरमा सोझै जोडिएका प्रसारण लाइन) बाट चौबीसै घन्टा बिजुली दिने भएको छ ।प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले औद्योगिक करिडोरमा रहेका उद्योगलाई डेडिकेटेड लाइनबाट चौबीसै घन्टा बिजुली दिने नीति पारित गरेको जानकारी ऊर्जासचिव विश्वप्रकाश पण्डितले दिए ।
औद्योगिक करिडोरबाहेक अन्यत्र रहेका उद्योगहरूले पनि मागेमा उनीहरूलाई पनि डेडिकेटेड लाइनमार्फत आवश्यकताअनुसारको पूरै समय बिजुली दिनेछ । त्यस्ता उद्योगले डेडिकेटेड लाइन निर्माणको खर्च भने बेहोर्नु पर्ने छ । उद्योगधन्दाहरूले डेडिकेटेड लाइनबाट चौबीसै घन्टा बिजुली पाउन विद्युत् महसुल बढी तिर्नुपर्नेछ ।
प्राधिकरणले डेडिकेटेड लाइनबाट उद्योगधन्दालाई चौबीसै घन्टा उपलब्ध गराइने बिजुलीको महसुल बढाइदिन विद्युत् महसुल निर्धारण आयोगलाई छिट्टै आग्रह गर्ने भएको छ । आयोगले मूल्य निर्धारण गरेपछि उद्योगधन्दालाई चौबीसै घन्टा बिजुली दिने नीति लागू हुनेछ ।
लोडसेडिङका कारण प्रतियुनिट बिजुली ३२ रुपैयाँसम्म पर्ने डिजेल प्लान्ट चलाउन बाध्य हुँदा उद्योगधन्दा संकटमा पर्दै आएका छन् । प्राधिकरणबाट हालको भन्दा केही बढी मूल्यमा चौबीसै घन्टा बिजुली पाउन थालेपछि उद्योगधन्दा फस्टाउने विश्वास ऊर्जा मन्त्रालयका अधिकारीले व्यक्त गरे । ती अधिकारीका अनुसार उद्योगधन्दालाई बढीमा १ सय ५० मेगावाटसम्म बिजुली चौबीसै घन्टा दिइनेछ ।
उद्योगधन्दालाई बढी मूल्यमा दिँदा भारतबाट महँगो मूल्यमा आयात गरिने बिजुलीको महसुल तिर्न प्राधिकरण र सरकारलाई समेत राहत हुनेछ । भारतबाट प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँका दरले बिजुली आयात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् >>