मकर स्नान मेला आयोजना

इन्द्रपुर – घनावस्ती बढे सँगै बजारको विचमा रहेको जलाधार क्षेत्रको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यले इन्द्रपुर– ८ स्थित कालिखोलामा माघेसंक्रान्तीको अवसर पारेर विगतका दश वर्ष झै यस वर्ष पनि मंकर स्नान मेला आयोजना गरिएको छ ।
इन्द्रपुर गा.वि.सको विच भागमा रहेको कालिखोलामा माघ १ गते लाग्ने मेलाको तयारीका लागि स्थानीयहरु जुटीरहेका छन् । त्यहाँ रहेका पोखरी र ९ वटा धारालाई पनि सरसफाई गरेर व्यवस्थित बनाइ सकिएको मेलामूल आयोजक समितीले जनाएको छ ।
यो स्थानलाई धार्मिक एवं पर्यटकीय स्थल बनाउनका निम्ति एकै स्थानमा विभिन्न जातजातीका    मन्दिर समेत निर्माण गरिएको छ । घनावस्तीको विच बाट निस्कने जरुवा पानीले त्यो ठाऊँको त स्वभा बढाएको छ नै त्यसका साथसाथै उक्त पानीबाट कयै हेक्टर जमिनको सिचाँई पनि हुदैँ आएको छ ।

माघेसंक्रान्तीका दिन विहान मंकर स्नान र दिउँसोको समयमा विभिन्न जातजातीको संस्कृति झल्कने खालका सांस्कृतिक कार्यक्रम, झाकीँ र रमाइलो सांस्कृतिक कार्यक्रको समेत आयोजना गरिएको छ । मेलामा स्थानीय स्तरका परिकार समेत राखिने मेलामूल आयोजक समितीले जानकारी दिएका छन् । मंकर स्नान मेलामा इन्द्रपुर लगायतका हरैँचा, मृगौलिया, सुन्दरपुर, वेलवारी लगायतका गा.वि.सबाट हजारैं संस्थाका सम्लघन भतmजनहरु मंकर स्नान गर्न आउने मेलामूल आयोजक समितीले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>