राठीको निधन

उद्योगी समूह बागमती ग्रुपका सञ्चालक तथा विराटनगरका उद्योगी जगदीशप्रसाद राठीको हृदयघातले आइतबार बेलुकी निधन भएको छ । पारिवारिक स्रोतका अनुसार काठमाडौं जान दिउँसो निजी सवारीमा हिंडेका राठीको बेलुकी हेटौडास्थित सम्धीको घरमा बास बस्ने कार्यक्रम थियो । त्यहाँ बेलुकी ९ बजे उनको निधन भएको हो ।
७० वर्षका राठी उद्योग वाणिज्य महासंघको राजस्व परामर्श समितिका सभापति हुन् । मिलनसार र मृदुभाषी स्वभावका राठी लामो समयदेखि महासंघ सम्बद्ध थिए । उनी मोरङ व्यापार संघका पूर्व अध्यक्ष पनि हुन् । उनका दुई छोरा, एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>