मलेसियामा सयौं नेपाली श्रमिक पक्राउ

क्वालालम्पुर । मलेसियाले अवैधानिक कामदारविरुद्ध देशव्यापी धरपकड थालेको पहिलो दिन मंगलवार मात्र नेपालीसहित पन्ध्र सयभन्दा धेरै अबैधानिक विदेशी कामदार पक्राउ परेका छन् । क्वालालम्पुर, मलक्का लगायतका विभिन्न क्षेत्रबाट कामदारहरू पक्राउ गरिएको हो । मंगलवार राती क्वालालम्पुरको चौगेटबाट ३० नेपाली र मलक्काबाट केही नेपाली पक्राउ गरिएको यहाँको संचार माध्यमहरुले उल्लेख गरेका छन् । नेपाली राजदूतावासले पक्राउ परेका नेपालीवारे औपचारिक जानकारी प्राप्त नभएको वताएको छ ।
सुनसान जमघटस्थल
घरपकडको प्रभाव नेपालीहरु जम्मा हुने स्थानहरुमा पनि परेको छ । नियमित जस्तो भिड हुने  कम्पनीहरुले आफुले राखेको अवैधानिक कामदारहरुलाई काम दिन र कम्पनीको होस्टल छाड्न अनुरोध गरेपछि नेपाली श्रमिकहरु विचल्लीमा पर्न शुरु भएको छ ।
नेपाली दूतावासले हप्तामा ८० जनालाई पुत्राजया इमिग्रेसनमा लगेर आउट पासको व्यवस्था मिलाउने गरेकोमा केही सयम रोकिएको छ । इम्रिगेसनले नै केहि समयको लागि रोक्न अनुरोध गरेको वताइएको छ ।
दूतावासमा सयौंको भीड
मलेसिया सरकारले अबैधानिक बिदेशी कामदारलाई पक्राउ गर्ने तयारी थालेपछि यहाँस्थित नेपाली राजदूतावासले आइतवार पनि कार्यालय खोलेर ट्राभल डकुमेन्ट बितरण गर्न थालेको छ । दूतावासवाट गरिने कामदार मागको प्रमाणिकरण २४ तारिखसम्मका लागि रोकिएको छ । मलेसियाले यात्रा अनुमतिपत्र र घरफिर्ति टिकट लिइसकेकालाई पक्राउ नगर्ने भने पनि घर फर्कनु अघि अध्यागमनमा बुझाउनुपर्ने जरिवाना रकमबारेमा केही जानकारी आई नसकेको नेपाली दूतावासले जनाएको छ ।
पक्रिने डरले दूतावास पुग्नै समस्या
यता क्वालालम्पुर नजिकै रहेको अवैधानिक नेपाली श्रमिकहरुले ट्राभल डकुमेण्ट वनाईरहदा जोहोरबारु, पेनाङ, क्वामरुन हाइलैण्ड, मुहार, क्वान्तान जस्तावाट ठाउँवाट नेपाली श्रमिकहरु दूतावास सम्म आउन सकिरहेका छैनन् । वाटो-वाटोमा चेकिङ भैरहेको कारण उनीहरु वाटैमा समातिने डरले दूतावाससम्म आउन नसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>