बहुविवाह गर्ने पतिसँग सम्बन्ध विच्छेदको माग
Posted by
purwanews
Published on
Thursday, January 23, 2014
राजविराज । सप्तरीको मल्हनमा - २ की ३२ वर्षीया ललिताकुमारी चौधरीले पतिले बहुविवाह गरी आफूलाई घर निकाला गरेको भन्दै जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएकी छिन् ।
पति ३६ वर्षीय विनयकुमार चौधरीले चन्दनकुमारी चौधरीसँग बुहविवाह गरेपछि आफूलाई खान लाउन नदिई घर निकाला गरेको भन्दै अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएकी हुन् ।
सिस्वा वेल्ही गाविस- ८ की पीडितको १४ वर्षको उमेरमा ०५२ वैशाख २८ गते विनयसँग बालविवाह भएको थियो । उनीहरुका दुई छोरी र एक छोरा छन् । गर्भवती बुहारीलाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा जिल्ला अदालतले बुधबार काकाससुरा ब्रहृमपुर गाविस-८ का ६० वर्षीय लक्ष्मी मण्डललाई धरौटी लिई तारेखमा रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस् >>