इन्टरनेट बजारमा प्रतिष्प्रर्धा
Posted by
purwanews
Published on
Tuesday, January 21, 2014
प्रतिष्पर्धात्मक इन्टरनेट बजारमा टिकिरहनको लागि एप्पल, फेसबुक, याहु, माइक्रोसफ्ट अनि गुगलजस्ता ठूला कम्पनीहरु पनि सधौभरि केही न केही गरिरहेका हुन्छन् । आलोचकहरुले भन्ने गरेको प्रतिष्पर्धा सीमित गर्नको लागि उदीयमान कम्पनीहरुलाई खरिद गरेर तिनीहरुको बजार आफ्नो पोल्टमा पार्नेदेखि आफूसँग भएको सुविधा परिमार्जन र थपघट गरेर आफ्ना प्रयोगकर्ताहरुलाई आफैसँग राखिराख्नेसम्मका कामहरु ठूला भनेर कहलिएका कम्पनीहरुले गर्ने गर्दछन् । यो ठूला कम्पनीहरुको बाध्यता पनि हो किनभने आजका प्रयोगकर्ताहरु सचेत र चलायमान छन् । कम्पनीहरु पनि प्रयोकर्ताभन्दा कम बाठा छैनन् । उदारणको लागि आफ्ना प्रयोगकर्ता घट्न नदिनको लागी एप्पल, फेसबुक , याहु अनि गुगलले यस वर्ष आफ्ना उत्पादनमा गरेका केही फेरबदललाई विचार गरौँ ।
सन् २०१३ मा एप्पल
एप्पलले यसै वर्ष आइफोन फाइभ एस र सी गरेर दुईवटा मोडलका फोनहरु बजारमा ल्यायो । विकासोन्मुख देशका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै सस्ता फोन ल्याउला भनेर अनुमान गरिरहेका ग्राहकहरुलाई लोप्पा ख्वाउादै नयाँ उत्पादनको मूल्य त घटाएन तर प्रयोगकर्ताको एप्पल क्रेजलाई भने बढाइदियो । यसै वर्ष एप्पलले ल्याएको आईओएस सेभेनको (मोबाईल अपरेटिङ सिस्टम) ले प्रयोगकर्तालाई लोभ्याइदियो भने डिजाइनरहरुलाई यसै किसिमको युजर इन्टरफेस राम्रो हुन्छ भनेर सबक सिकाइदियो ।
फेसबुकको लागि सन् २०१३
गत वर्षदेखि फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई वर्षभरका फेसबुक गतिविधिलाई एक झलकमा प्रस्तुत गर्ने गरी इयर्स रिभ्युको कन्सेप्ट बजारमा ल्याएको थियो । यस वर्ष यसै तरिकाले प्रयोगकर्ताहरुले आफ्नो मात्र होइन साथीको पनि फेसबुक गतिविधि नियाल्न सक्छन् । त्यसो त फेसबुकको लागि २०१३ धेरै नै महत्वपूर्ण मान्न सकिन्छ । ह्यासट्यागको साहायताले फेसबुकले स्टाटस सर्च गर्नेदेखि फोटो कमेन्ट गर्ने फिचरहरु यसै वर्षदेखि प्रयोगमा ल्याएको हो । गत नोभेम्बर देखि फेसबुकमा कसैको स्टाटसमाथि लेखिएको कमेन्टमाथि कमेन्ट गर्न थ्रेड कमेन्ट प्रयोगमा आएको थियो । सित्तौमा चलाइरहेका नेपालीहरुको फेसबुकको आम्दानीसँग खासै ठूलो चाख भएको पाइादैन तर पनि फेसबुकको आम्दानीले यसको भविष्यलाई सुनिश्चित गर्छ । यसै वर्ष फेसबुकले सवा चार करोडबराबरको शेयर सर्वसाधारणलाई बेच्यो भने यसका संस्थापक विश्वप्रसिद्ध फोबर्स पत्रिकाको धनाढ्यहरुको लिष्टबाट डगमगाएका छैनन् ।
याहुको लागि सन् २०१३
स्थापनाको सोहौँ वर्षगाँठ मनाइरहादा नयाँ सीईओको नेतृत्वमा याहुले नयाँ जीवन पाएको बताइएको छ । गुगल छोडेर याहु पसेकी मरिसा म्यायरको उपस्थितिपछि विशेषगरी याहुका युजर इन्टरफेसमा ठूलै परिवर्तन आएको छ । तत्कालको लागि वेबसाइटको कन्टेन्ट र फिचरउहीजस्तो लगे पनि याहुमा डिजाइन लगभग जम्मै परिवर्तन भएको छ । याहुमेल पहिलेको भन्दा चुस्त देखिन्छ । यसको मुख्य पेजमा राखिएका सामग्रीहरुको संयोजन प्रयोगकर्ताको मन लोभ्याउने खालको छ । विज्ञहरुले पहिलेभन्दा चुस्त मानेको याहुको मुख्य पेजमा पहिलेजस्तो समाचारदेखि मौसमसम्मको जानकारी नहटाइको भए पनि प्रयोगकर्ताले आफूले खोजेको सामग्री सजिलै भेट्न सक्छन । अमेरिकादेखी भारतसम्म कार्यलय स्थापना गरेर काम गरिरहेका याहुका कर्मचारीहरुको मनोबल उकास्न नयाँ सीईओले उल्लेखनीय काम गरेकाले गत वर्षको तुलनामा याहुको लगभग ५० प्रतिशतले आम्दानी वृद्धि भएको छ । यसै वर्ष याहुले १ करोड १० लाख अमेरिकन डलरमा प्रसिद्ध ब्लगिङ वेबसाइट टम्बरल खरिद गरेको छ ।
२०१३ मा गुगल
यो वर्ष गुगलको उल्लेखनीय गतिविधि चर्चामा नआए पनि नेपाली प्रयोगकर्ताको लागि उत्साहको वर्ष रह्यो । झण्डै एक वर्ष अगाडिसम्म गुगलले नेपालको समयलाई आफ्नो सिष्टममा समाहित नगरिरहेको अवस्थामा यो वर्ष गुगल ट्रान्सलेट समेत नेपाली भाषामा उपलब्ध भयो । नेपालकै गुगल युजर्स ग्रुपहरु सक्रिय देखिए भने गुगलले प्रयोगकर्तालाई दिइरहेको सुविधामा शैक्षिक संस्थाबाहेकको लागि गुगल एप्स निस्शुल्क रहेन । गुगल म्यापमा केही उल्लेखनीय परिवर्तन भए

प्रतिक्रिया दिनुहोस् >>