के हो त क्षयरोग ?
Posted by
purwanews
Published on
Tuesday, January 21, 2014
क्षयरोग एउटा सङ्क्रामक सरुवा रोग हो । यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको सङ्क्रमणबाट देखा पर्ने गर्दछ । साधारण भाषामा यसलाई टिबी लागेको भनेर चिनिने गरिन्छ । मुख्य रुपमा फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क र छालामा समेत यसले आक्रमण गर्दछ ।
क्षयरोग नेपालको एउटा मुख्य जनस्वास्थ्य समस्या हो । झन्डै ४५ प्रतिशत मानिस यसबाट सङ्क्रमित छन् जसमध्ये ६० प्रतिशत वयस्क छन् । करिब ८० हजार नेपाली क्षयरोगबाट ग्रसित छन् । प्रत्येक वर्ष ४० हजार जनालाई टिबीको सङ्क्रमण भएकामा २० हजार जनामा फोक्सोको सर्ने खालको टिबी देखिन्छ । ५ हजारदेखि ७ हजार जनाको प्रत्येक वर्ष मृत्यु हुनु गरेको पाइन्छ ।
कारणहरु –
माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणुबाट यो रोग लाग्दछ । एड्स भएका, मद्यपान तथा धूमपान बढी गर्ने व्यक्तिहरु, कुपोषित बच्चाहरुमा र वातावरणीय सरसफाइको अभावले जोखिम बढाउाछ ।
रोग सर्ने तरिका
साधारण भाषामा बुझ्नु पर्दा रोगीले हाच्छ्युा गर्दा हावाको माध्यमबाट फोक्सोमा किटाणु प्रवेश गर्दछन् र त्यसको ४–६ हप्तामा रोग देखा पर्दछ । सबैमा रोग देखिनुपर्छ नै भन्ने होइन ।
रोगका लक्षण तथा चिह्नहरु
रोगका मुख्य लक्षणहरुमा २ हप्ताभन्दा लामो समयसम्म खोकी लागिरहनु, अत्याधिक खकार, त्यसमा पनि रगत देखिनु, तौल घट्नु आदि हुन् भने अन्य लक्षणहरुमा छाती दुख्नु, श्वास फेर्न गाह्रो हुनु, ज्वरो आउनु, राति पसिना धेरै आउनु, थकान महसूस हुनु, अरुचि हुनु आदि हुन् । त्यसैले भन्ने पनि गरिन्छ–दुईहप्ते खोकी, क्षयरोग पो हो कि र ?
उपचार प्रक्रिया
आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धूमपान नगर्ने, हरियो सागपात, फलफूल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरु सेवन गर्ने गर्नुपर्दछ । लाक्षणिक उपचार जस्तोस् खोकीको लागि औषधि, ज्वरो र दुखाइको लागि औषधिलगायत लक्षणअनुसार उपचार गर्दै लैजानुपर्दछ । प्रमुख उपचारमा एन्टी ट्युबरकुलर उपचार (एटीटी) डट्स विधिद्ववारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निस्शुल्क उपलब्ध छन् । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नुपर्दछ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो । रोगलाई घृणा गरौं तर रोगीलाई माया गरौं ।

प्रतिक्रिया दिनुहोस् >>