सुरक्षित हस्तमैथुनका लागि कण्डम

बारा। विशेषगरी सुरक्षित यौन सम्बन्धका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमलाई यहाँका पुरुषहरूले हस्तमैथुनका लागि प्रयोग गर्न थालेका छन् । यौन सम्पर्कबिना नै सन्तुष्टि प्राप्त गर्न हस्तमैथुन गर्ने पुरुषले कण्डम प्रयोग गर्दै आएका हुन् । हस्तमैथुनमा कण्डम प्रयोग गर्नेमा किशोरावस्थाका बढी छन् । स्वास्थ्यचौकी र स्थानीय क्लिनिकबाट कण्डम लैजाने किशोरावस्थाका अधिकांशले यसलाई हस्तमैथुनका लागि प्रयोग गर्दै आएको कण्डम बिक्रेताहरूको भनाइ छ ।
एसएलसीको तयारीमा रहेका डुमरवानाका मुकेश -नाम परिवर्तनले एक साताअघि आफूले पहिलोपटक कण्डम प्रयोग गरेर हस्तमैथुन गरेको बताए  ।
कक्षा ११ मा पढ्दै गरेका सुरेश खरेल (नाम परिवर्तन)ले यौन सम्पर्क साथी नभएकाले यौन सन्तुष्टिका लागि हस्तमैथुन गर्दै आएको सुनाए ।
डुमरवाना उपस्वास्थ्य चौकीबाट मासिक ७१०-७५० वटासम्म निःशुल्क कण्डम वितरण हुँदै आएको छ । विगत तीन वर्षयता सङ्ख्यात्मक रूपमा कण्डम प्रयोगकर्ता नबढेको उपस्वास्थ्य चौकीको आङ्डामा देखिए पनि स्थानीय स्वास्थ्य क्लिनिकमा भने कण्डमको बिक्री बढेको छ ।
डुमरवाना उपस्वास्थ्य चौकीका प्रमुख देवप्रसाद प्याकुरेलले विभिन्न ब्रान्डमा उपलब्ध हुँदै आएका कण्डमको बिक्री गर्दै आएका क्लिनिकमा प्रयोगकर्ताको आकर्षण देखिएकाले निःशुल्क पाइने स्वास्थ्य चौकीमा भने प्रयोगकर्ता बढ्न नसकेको बताए । स्वास्थ्य चौकीमा महिलाका लागि अस्थायी साधन डिपो र पिल्सको माग भने बढेको छ । १०० देखि १५० सम्म डिपो र ५०-५५ वटासम्म पिल्स वितरण हुँदै आएको स्वास्थ्य चौकीले जनाएको छ । आयुसिडी लिन आउने महिलालाई भने चौकीले सिमरा स्वास्थ्यचौकी सिफारिस गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>