ननिदाउँदा शरिरको तौल बढ्न सक्ने
Posted by
purwanews
Published on
Sunday, January 26, 2014
प्रशस्त मात्रामा ननिदाउने मानिसले पटक–पटक गरी धेरै खाने भएकाले तिनीहरुको शारीरिक वजन बढ्ने गरेको अमेरिकाको युनिभर्सिटी अफ कोलराडो बोल्डरले गरेको एक अध्ययनले पत्ता लगाएको छ । राति ५ घण्टा मात्र सुत्नेहरुले अत्यधिक खाना खान थालेमा एक सातामा तिनीहरुको वजन झन्डै २ पाउन्डले बढ्ने अनुसन्धानकर्ताको भनाइ छ । बारम्बारको अपुग निद्राका कारण ऊर्जा सन्तुलनमा नराम्रो असर पर्छ । लामो समयसम्म ननिदाई बस्न धेरै ऊर्जा चाहिने र त्यस्तो अवस्थामा ग्रहण गरिने थप क्यालोरी पूर्णरुपमा खर्च नगरिँदा शरीरको वजन बढ्ने उक्त अध्ययनले देखाएको छ । तर निद्रा अपुगको स्थितिमा पनि कार्बोहाइड्रेट र चिल्लोयुक्त खाद्यपदार्थ कम मात्रामा खाएको खण्डमा भने केही हदसम्म वजन नियन्त्रित हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस् >>