दुलारीमा मेडिएस्कर्ट अस्पताल सञ्चालन

मोरंग/ग्रामिण क्षेत्रका जनतालाई सर्व–सुलभ सेवा दिनका लागि दुलारी २ मा मेडिएस्कर्ट अस्पताल सञ्चालन गरिएको छ ।
अस्पतालले आफ्नै ५० रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माणका साथै अस्पतालको क्यान्टीन सहित रेष्टुरेण्ट गेष्ट हाउस पनि निर्माण गरेको जानकारी दिएको छ ।
अस्पतालले स्वास्थ्य मन्त्रालयबाट मिति २०६९ भाद्र ५ गते १०० शैयाको सेवा सञ्चालनको स्विकृति पाएपछि प्रेस विज्ञप्ती जारी गरी अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा, प्याथोलोजी, एक्स रे, भिडियो एक्स रे, सिटी स्क्यान, इण्डोस्कोपी र कोलोनोस्कोपी लगायतका आई.सि.यु., एन.आई.सि.यु. र क्याविन सेवाको समेत व्यवस्था गरेको अस्पतालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
मेडिएस्कटमा वृद्धवृद्धा, गरिब, असहायहरुलाई निःशुल्क सेवा प्रदान गर्ने र बिरामीहरुलाई विशिष्ट सेवा प्रदान गर्ने जनाइएको छ । साथै नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, दमकल सेवासँग समन्वय गरी नेपालकै पहिले सुपर एम्बुलेन्स ल्याएको अस्पतालले भविष्यमा एयर एम्बुलेन्स ल्याउने योजना समेत अस्पतालले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।
अस्पतालले ४ वटा स्ट्रेचर, ब्लड बैंक र पोर्टेवल एक्सरे मेसिन, प्याथोलोजी ,औषधी, अक्सिजनजडित एयर हेलिकप्टर सेवा प्रदान गर्ने र हेलिप्याड अस्पतालको लागि (८) आठौं तलाको टपमा निर्माण साथै दैवी प्रकोपको आकस्मिक उपचारका लागि र्याम्पक निर्माण भई बेडहरुमा चक्का समेत राखिएको अस्पतालले प्रेस विज्ञप्तीमा जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>