माटोपनले भिटामिनको कमि

मोटोपनाले मानवशरीरमा भिटामिन ‘डी’को स्तर घटाउने तथ्य सार्वजनिक भएको छ । कुल ४२ हजार व्यक्तिमाथि गरिएको २१ वटा अध्ययनबाट प्राप्त वंशाणुगत तथ्यांकको विश्लेषणले उक्त तथ्य उजागर भएको जर्नल प्लोस मेडिसिनको प्रतिवेदनमा उल्लेख गरिएको छ । शरीरको आधारभूत तौलमा १० प्रतिशतले बढी भएमा शरीरमा भएको भिटामिन ‘डी’को परिमाणमा ४ प्रतिशतले कमी आउने बताइएको छ । बोसोयुक्त तन्तुमा धेरै परिमाणमा जम्मा भएको भिटामिन ‘डी’ रक्तधारमा सञ्चार हुन नसक्दा यो समस्या आउने गर्छ । छालामा सूर्यको किरण परेपछि भिटामिन ‘डी’ बन्छ । खानेकुराहरुबाट पनि यो प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>