अर्को वर्ष १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने
Posted by
purwanews
Published on
Wednesday, January 8, 2014
नेपाल विद्युत् प्राधिकरणले अर्को वर्षदेखि लोडसेडिङ १२ घन्टाबाट नबढ्ने जनाएको छ।
लोडसेडिङ न्यूनीकरण गर्न आवश्यक सबै संयन्त्र परिचालन भइरहेको जनाउँदै प्राधिकरणले यो घोषणा गरेको हो। कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले यो वर्ष हिउँदमा पनि १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने दाबी गरे।
उनका अनुसार हालसम्म कुलेखानी जलाशयको पानी १५३० मिटर नै छ। ‘३९ मेगावाटको दुहबीको मल्टिफ्युल र साढे १४ मेगावाटको डिजेल प्लान्ट सञ्चालन तयारीमा छन्। हालसम्म भारतबाट १ सय ९० मेगावाट विद्युत् आयात भएको छ ।
कटैया–कुशाह १३२ केभी प्रसारण लाइनको भारततर्फ फेर्नुपर्ने ३ किलोमिटर कन्डक्टर फेर्न सकिए ६० मेगावाटसम्म आयात गर्न सकिने उनले बताए। उक्त प्रसारण लाइनका लागि भारतले बजेट विनियोजन गरी ‘वापकोस’ कम्पनीलाई निर्माण गर्ने जिम्मा दिएको छ।

यो वर्ष भने पुसमा दैनिक १३ घन्टा, माघ र फागुनमा १४ घन्टा, चैतमा १३ घन्टा र वैशाखमा १२ घन्टा हुने प्राधिकरणको प्रक्षेपण छ। तर भारतबाट आयात हुने विद्युत् परिमाण बढ्ने हुँदा १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने दाबी पनि उसको छ।
प्रतिक्रिया दिनुहोस् >>