देहरादून एक्सप्रेसमा आगलागी

भारत(बीबीसी) , मुम्बईबाट देहरादून गइरहेको देहरादून एक्सप्रेसमा बुधबार बिहान भएको आगलागीमा ९ जना यात्रुको निधन भएको छ ।
रेलवे प्रवक्ता शरद चन्द्रायनले मुम्बई र सुरतबीचको घोलवड स्टेसन नजिक रेलमा बिहान अढाई बजे आगलागी भएको बताए । रेलको तीन वटा डब्बामा आगो लागेको थियो । ४ पुरुष र १ महिलाको धुँवाले निस्सासिएर र अन्य ४ को जलेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ४ जना यात्रु सामान्य घाइते छन् । रेल्वे प्रवक्ताका अनुसार २ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागकीको कारण खुल्न सकेको छैन । मृतक परिवारलाई ५/५ लाख राहत रकम दिने रेल मन्त्रालयले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>