कोरिया: नेपाली आवासमा आगलागी

सउल । दक्षिण कोरियाको खेङकुदोस्थित नेपालीहरुको बासस्थानमा भीषण आगलागी भएको छ ।
होक्योन टच कम्पनीमा आइतबार दिउँसो आगलागी हुँदा १५ नेपाली कामदार प्रभावित भएका छन् । कम्पनीमा विदेशीसहित ४० कामदार रहेका छन् ।
आगलागी भएको क्षेत्र राजधानी सउलबाट दुई सय किलोमिटरको दूरीमा छ । आगलागीबाट कोठामा रहेको नगद, जिन्सी, राहदानी, नागरिकतालगायतका सामागी्रहरु नष्ट भएको पीडितहरुले बताएका छन् ।कोरियास्थित नेपाली दूतावासलाई पीडितहरुका आवश्क जागजातहरु सरल तरिकाले बनाई सहयोग जुटाइदिन अनुरोध गरेका छन् ।
आगलागी बिदाको दिन दिउँसो भएकोले मानवीय क्षति हुन नपाएको धनगढीका दीपक पीडितहरु
ले बताए । अहिले पीडितहरुलाई कम्पनीले अस्थायी स्थानमा राखेको छ । भूँइतातो पर्ने बोइलरबाट आगलागी भएको हुन सक्ने प्रारम्भिकअनुसन्धानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>