देशभरका अस्पताल सेवा ठप्प हुदा सेवाग्राही मर्कामा

धरान । बरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै देशभरको अस्पताल ठप्प हुादा धरानलगायत पूर्वको स्वास्थ्य सेवामा पनि प्रभाव परेको छ । नेपाल चिकित्सक सङ्घको सर्कुलरअनुसार देशभरका अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा ठप्प हुादा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
प्रा. डा. केसीको मागप्रति समर्थन गर्दै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपराह्न २ बजेपछि सामान्य उपचारबाहेक सबै सेवा ठप्प रह्यो । आकस्मिक र अन्तरङ्ग सेवाबाहेक सबै सेवा ठप्प भएको प्रतिष्ठानमा एमडी अध्ययनरत् डाक्टर कुम्भराज जोशीले बताए । सङ्घको सर्कुलर समयमा नआएकाले पनि सेवा ठप्प हुन ढिलाइ भएको उनले बताए ।
प्रतिष्ठानमा बहिरङ्ग सेवामा दैनिक २ देखि ३ हजार र आकस्मिकमा २ सय ५० जनासम्मले सेवा लिने गरेका छन् । चिकित्सक सङ्घको सर्कुलर अनुसार बन्द गर्ने बाध्यता भएको तर आइतबार भने अपराह्न २ बजेपछि मात्रै ठप्प भएको अस्पताल सहायक निर्देशक डा. गुरुप्रसाद खनालले बताए । बन्दका कारण बिरामीहरु सेवाबाट वञ्चित हुादा दुस्ख लागेको बताउादै उनले बाध्यता बुझिदिन आग्रह गरे । उनले राज्यले सङ्घ र डाक्टर केसीको मागप्रति ध्यान नदिएमा आन्दोलन लम्बिन सक्ने बताएका छन् । ‘हामीले व्यावहारिकरुपमा बन्द भयो भन्न मिल्दैन तर सङ्घको शाखा भएकाले बन्द गर्न बाध्य छौं, उनले भने, ‘माथिको सर्कुलरबमोजिम अघि बढ्नु पर्ने बाध्यता छ ।’
अपराह्न २ बजेपछि अस्पतालमा उपचारका लागि आएका बिरामीहरु उपचार विना नै फर्किन बाध्य भएका थिए । धनकुटाबाट नाकको समस्या लिएर आइपुगेका कुमार लिम्बूले अस्पतालजस्तो संवेदनशील स्थानमा आन्दोलन हुनु अत्यन्तै दुखद् भएको बताए । उनले आन्दोलनपूर्व सूचना भए सर्वसाधारणले दुख नपाउने समेत जानकारी बताए ।
यता प्रतिष्ठानका चिकित्सकहरुले भने राजनीतिक हस्तक्षेपविरुद्ध आन्दोलन गर्दा सर्वसाधारणलाई परेको मर्काप्रति क्षमायाचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>